दसैंका लागि आजदेखि सुकिला नोट सटही गर्न पाइने

यस वर्ष दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंकले सर्वसाधारणका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले यसअघि सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको थियो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ।

साथै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत नोट सटही गर्न सकिनेछ। हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *