दसैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

दसैंको लागि अग्रिम टिकट बुकिङ असोज १२ गते शनिबारदेखि खुल्ने भएको छ। सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा शनिबारदेखि चाडपर्व लक्षित गरी अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो।
यातायात व्यवस्थापनमा सहजता ल्याउनका लागि यातायात सेवा प्रदायकहरूले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम बुकिङ खुला गर्ने निर्णय भएको हो। यातायात विभागले अनलाइनमार्फत बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ।

त्यस्तै चाडपर्वका बेला चल्ने सवारीसाधनमा प्रभावकारी अनुगमन गर्ने, यात्रुले टिकट लिएरमात्रै यात्रा गर्ने, काउन्टरमा यात्रुको परिचय खुल्ने विवरण राख्नुपर्ने, अनाधिकृत काउन्टरबाट टिकट बिक्री नगर्ने निर्णय गरिएको छ।

त्यस्तै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुनेगरी रुट परमिट खुला गर्ने निर्णय समेत गरिएको छ। लामो दूरीका सार्वजनिक सवारीमा भने कम्तिमा दुई जना चालक राख्नुपर्न निर्णयसमेत भएको यातायात विभागले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *