थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्दै

थारु कल्याणकारिणी सभा युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्ने भएको छ। थाकस युएई महिला विभाग प्रमुख जानकी महतोलेले दुबईको अलकुद्रा पार्कमा जितिया कार्यक्रम आयोजना हुने बताइन्। कार्यक्रम राति १० बजे सुरु हुने आयोजकले बताएको छ।

‘थारु, कला, संस्कृति हाम्रो पहिचान, उसलाई संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान’ नारासहित थाकस युएईले जितिया मनाउन लागेको हो। दुबईमा रहेका थारु समुदायबीच एकता र थारु चाडपर्वलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जितिया आयोजना गरिएको प्रमुख चौधरीले बताइन्।

पौराणिक जितिया पर्वमा थारू समुदायका महिलाहरूले मनाउने मुख्य चाड हो। जसमा जित बाहनको नामले ब्रत बसी सूर्य भगवानको पूजा गर्ने प्रचलन छ।

सामाजिक कामममा निकै अग्रसर रहेको थाकस युएईले माघीलगायत थारू पर्वहरू पनि मनाउँदै आएको छ। थाकस युएईले नेपालबाट थारू कलाकार सामाजिक अभियन्ताहरूलाई बोलाएर सम्मानसमेत गर्दै आएको छ।




One thought on “थाकस युएईले शनिबार दुबईमा जितिया कार्यक्रम आयोजना गर्दै

  1. धन्यवाद छ सर हजुरलाइ पनि निम्तो छ है।अनि जितियाको शुभकामना पनि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *