थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते विरोध प्रदर्शन गर्ने

थरुहट थारुवान राष्ट्रिय मोर्चाले असोज ३ गते विरोध प्रदर्शन गर्ने भएको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चा बैठकले ‘असोज ३ कालो दिन’को रूपमा मनाउने निर्णय गरेको माधव थारूले बताए।

सो दिन मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा विरोधसभा आयोजना गर्ने भएको छ। माधव थारूका अनुसार माइतीघर मण्डलामा १२ बजेदेखि विरोधसभा आयोजना हुनेछ। सभामा थारू नेताहरूले सम्बोधन गर्ने बताइएको छ।

विरोधसभामा पहिचान पक्षधरहरू पनि सहभागी हुने माधव थारूले बताए। संविधानको विरोधमा सोही दिन राति ८ बजे आधा घन्टा ब्लाक आउट गर्ने निर्णयसमेत भएको थारूले बताए। मोर्चाले जिल्ला समितिलाई पनि संविधानको विरोधमा कार्यक्रम गर्न आह्वान गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *