प्रचण्डलाई नोबेल पुरस्कारका लागि प्रस्ताव गर्नुपर्छ : अमनलाल मोदी

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरेका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मोदीले मुलुकको परिवर्तनका लागि भएका घटनालाई हिंसा भन्ने नमिल्ने भन्दै हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्‍याउने काम नगर्न आग्रह गरे।

कांग्रेसले गरेको सशस्त्र क्रान्ति, झापा विद्रोहको नाममा भएको हत्या टीकापुर जग्गा काण्डलाई नबिर्सन उनले सुझाव दिए। शान्तिका लागि अथक प्रयास गरेका कारणले प्रचण्डलाई नोबेल पुरस्कारका लागि प्रस्ताव गर्नुपर्ने उनले बताए। समावेशी समानुपातिकको पक्षमा लडेका कारण प्रचण्डलाई जनक भनिनुपर्ने समेत उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *