मिस युनिभर्सकी प्रतियोगी नेहा चौधरीद्वारा भोटको अपील

मिस युनिभर्समा थारू समुदायकी एकमात्र प्रतिस्पर्धी रहेकी छिन्, नेहा चौधरी। बारा कलैयाकी नेहा उमेरले २० वर्षकी हुन्। आइटीमा स्नातक गरिरहेकी उनी मिस युनिभर्सको फिनालेमा पुगेकी हुन्। नेहाले सबैभन्दा ठूलो शक्ति आत्मविश्वास, कडा परिश्रम र इच्छाशक्ति रहेको बताएकी छन्। आत्मविश्वास र इच्छाशक्तिले नै आफू मिस युनिभर्सको फिनालेमा पुगेको उनले बताएकी छन्।

उनी भन्छन्, ‘परिस्थितिअनुसार चल्नसक्ने क्षमता मसँग छ मिस युनिभर्स नेपालमा सामेल हुने मेरो धेरै वर्षदेखिको सपना थियो। म यहाँ महिला सशक्तीकरण, दिगो विकास र परिवर्तनको वकालत गर्न आएकी हुँ।’

महिला सशक्तीकरण र देश परिवर्तनका लागि लाग्ने अठोट लिएकी उनले थारू समुदायबाट भोट पाउने आशा लिएकी छन्। उनलाई मिस युनिभर्स बनाउनका लागि मिस युनिभर्सको वेवसाइट वा सिधै खल्ती एपमा जानुपर्ने हुन्छ। खल्ती एपमा गएपछि नेहा चौधरीलाई सिधै भोट गर्न सकिन्छ। नेपालबाट मात्र होइन, विदेशबाट पनि उनलाई भोट गर्न सकिन्छ। नेहा प्रतियोगी नम्बर ६ रहेकी छन्।

 

View this post on Instagram

 

A post shared by Neha chaudhary (@neha_chaudhary9898)




Leave a Reply

Your email address will not be published. Required fields are marked *