नवाैं खिचरा महाेत्सवको आम्दानी करिब ५३ लाख

थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ द्वारा पुस २७ देखि माघ १० गतेसम्म आयाेजित नवाैं खिचरा महाेत्सवकाे हरहिसाब आज एक कार्यक्रममा सार्वजनिक गरिएकाे छ। हरहिसाब सार्वजनिक गर्दै आर्थिक समितिका संयाेजक जीतबहादुर चाैधरीले महाेत्सवबाट ५२ लाख ९५ हजार ९६९ रूपैयाँ आम्दानी तथा ४९ लाख ५४ हजार ९५२ रूपैयाँ खर्च भई ३ लाख ४१ हजार १७ रूपैयाँ बचत भएकाे हरहिसाब विवरण पेस गरेका छन्।

खिचरा महाेत्सव व्यापारिक तथा नाफामूलक महाेत्सव नभई साँस्कृतिक महाेत्सव हाे। तथापि महाेत्सव सम्पन्न गर्न केही आर्थिक काराेबार हुने भएकाेले उक्त काराेबारकाे पारदर्शिताकाे लागि आम्दानी खर्च सार्वजनिक कार्यक्रम गरिएकाे आयाेजकले जनाएकाे छ।

कार्यक्रम नवाैं खिचरा महाेत्सव मूल आयाेजक समितिका संयाेजक तथा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापति रामेश्वर चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे। कार्यक्रमका प्रमुख अतिथि थाकस केन्द्रीय सदस्य राजेन्द्र प्रसाद चाैधरी, विशिष्ट अतिथि जिल्ला सभापति ललित कुमार चाैधरी, खैरहनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष मनेजर महताे, वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, आठाैं खिचरा महाेत्सवका संयाेजक कृष्णलाल चाैधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *