गोविन्द चौधरी बने जसपाको नेपालको उपाध्यक्ष, केन्द्रीय समितिमा थपिए तीन थारू

जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गरेका छन्। गत जेठ अन्तिम साता सम्पन्न जसपा, नेपालको महाधिवेशनले अध्यक्ष यादवलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने जिम्मेवारी दिएको थियो। त्यसका आधारमा अध्यक्ष यादवले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य चयन गरेका हुन्।

जसपा, नेपालको सहअध्यक्षमा रकम चेम्जोङ चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर र विद्युत् बज्राचार्य चयन भएका छन्।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा चयन भएका छन्। उपमहासचिवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव चयन भएका छन्। मनीषकुमार सुमनलाई प्रवक्ता तोकिएको छ।

त्यस्तै केन्द्रीय समितिमा सप्तरीकी पार्वती कुमारी सिंह थारू, शैलेश चौधरी, बाराका रुपलाल चौधरी थपिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *