एकीकृत समाजवादीमा दुई थारू पदाधिकरीमा चयन, मेटमणि उपमहासचिव र बलदेव सचिवमा विजयी

नेकपा एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ जना पदाधिकारी छानेको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो।

जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भइन्। उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरिन्। उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भए।

त्यसैगरी उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित भए। सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी भए।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे यसअघि नै सर्वसम्मत भएका थिए। दसौं महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए। यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *