थारू आन्दोलनको नेतृत्व लिन तयार छु : रामजनम, बीचमै छाडे जोशीपुरबाट तानेर ल्याउँछौं : रेशम

टीकापुरको कान्छी बजारमा टीकापुर विद्रोह दिवस मनाइएको छ। थारू कल्याणकारिणी सभा, कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली र थारु विद्यार्थी समाज कैलालीको संयुक्त आयोजनामा भएको कार्यक्रममा नागरिक उन्मुक्त पार्टीका तीन सांसद सहभागी थिए।

कार्यक्रममा सांसदहरू गंगाराम चौधरी, लालवीर चौधरी र अरुणकुमार चौधरी सहभागी थिए। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, नेपाली कांग्रेसका नेता रामजनम चौधरी, थरुहट नेता लक्ष्मण चौधरी पनि सहभागी थिए। कार्यक्रममा विभिन्न पार्टीका थारू नेताहरू पनि हसभागी थिए।

कार्यक्रममा हक अधिकारका लागि सबै थारू नेताहरू एक ठाउँमा उभिनुपर्ने आवाज उठेको थियो। कांग्रेस नेता रामजनम चौधरीले सबै थारूहरू एकताबद्ध हुनुपर्ने र नयाँ शिराबाट आन्दोलन गर्नुपर्ने बताएका थिए। त्यसको नेतृत्व आफू लिन तयार रहेको समेत उनले बताएका थिए।

त्यस्तै रेशम चौधरीले रामजनम चौधरिको नेतृत्वमा आन्दोलन गर्न तयार रहेको बताएका थिए। तर, पहिलेजस्तो आन्दोलनको बीचमै छाडेर नभाग्न उनले चेतावनी दिएका थिए। भाग्ने हो भने जोशीपुरमा रहेको घरबाटै तानेर ल्याउने उनले धम्की पनि दिएका थिए।

कार्यक्रममा स्थानीय तहमा रहेका विभिन्न पार्टीका जनप्रतिनिधिहरूको पनि सहभागिता थियो। सबैले टीकापुर घटनालाई राजनीतिक तवरले नै समाधान गर्नुपर्ने बताएका थिए। त्यसका लागि सबैले आ-आफ्नो पार्टीमा राजनीतिक दबाब दिनुपर्ने उनीहरुको भनाइ थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *