काठमाडौंमा थारूहरूको विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई बुझाइयो तीन बुँदे ज्ञापन पत्र

थारू कल्याणकारिणी सभा र थरूहट थारूवान राष्ट्रिय मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन बुँदे ज्ञापन पत्र बुझाएका छन्। टीकापुर विद्रोह दिवसको अवसरमा थारू सम्बद्ध संस्थाहरूले काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई तीन बुँदे ज्ञापन बुझाएका हुन्।

थरूहट तथा मधेस आन्दोलन अध्ययन गर्न बनेको लाल आयोग र देवीराम शर्माको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरिएको छ। त्यस्तै टीकापुर घटनामा थारूहरूमाथि लगाइएको झुटा मुद्दा राजनीतिकरूपमा समाधान गर्न र थारूमाथि गरिएको यातना तथा सजायको क्षतिपूर्ति दिनसमेत माग गरिएको छ।

त्यस्तै थारूमाथि गरिएको विभेद र षड्यन्त्रप्रति भूल स्वीकार गरेर सरकारले देशबासीका नाममा माफी माग्नुपर्ने माग थारू संघसंस्थाले गरेका छन्। ज्ञापन बुझाउनुअघि थारू संघसंस्थाका प्रतिनिधिहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *