भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्।

सोमबार साँझ नयाँ दिल्लीको हैदरवाद हाउसमा शिष्टाचार भेटपछि परराष्ट्र मन्त्री राणाले मोदीलाई नेपालको भ्रमणको निम्तो दिएकी हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि लिखित निमन्त्रणा पठाएका थिए।

यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीमार्फत पनि प्रधानमन्त्री ओलीले मोदीलाई निमन्त्रणा पठाएका थिए। नेपालको दुई दिने भ्रमणमा आएका बेला मिश्रीलाई ओलीले उक्त निमन्त्रणा दिएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *