परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छन्। भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा आइतबार नयाँ दिल्ली गएकी परराष्ट्रमन्त्री राणाले आज समकक्षीसँग भेटवार्ता गरेकी हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भेटवार्तामा उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध पक्ष, आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको छ।

विदेशमन्त्री एस.जयशंकरले परराष्ट्र मन्त्री राणालाई भारतमा स्वागत गर्दै सामाजिक सञ्जालमा तस्बिर राखेका छन्। भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप घनिष्ट हुने विश्वास गरिएको छ।

‘भारतीय विदेशमन्त्री एस जयशङ्करसँग आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भयो। यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेको छु,’भेटपछि मन्त्री राणाले भनेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *