सरस्वती चौधरी बनिन् गण्डकीको मार्की खेलाडी

एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ। इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो।

राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की‌ खेलाडी चुनिएका‌ हुन्। अरुणा चितवनको मार्की रहेकी छन्। मार्की हुनेमा सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीबाट खेल्नेछन्।

नेपाल भलिबल संघ सँगको समन्वयमा इन्फिनिटीले मार्कीको नाम‌ सार्वजनिक गरेको हो। अब टोलीको छनोट पनि आन्तरिक ड्राफ्टमार्फत नै हुनेछ। विगतमा नेपालमा भएका सफल फ्रेन्चाइज लिगमा सार्वजनिक रुपमा ड्राफ्ट आयोजना भएपनि यसपटक आन्तरिक रुपमा खेलाडी छनोट हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *