थारू लखागिनको अध्यक्षमा पुनः मानबहादुर चौधरी पन्ना
वीरेन्द्रनगरमा एक समारोहका बिच लखागिन थारू उत्थान मञ्च, सुर्खेतको तेस्रो साधारण सभा सम्पन्न भएको छ। संस्थाको तेस्रो साधारण सभाबाट ९ सदस्यीय कार्य समिति चयन गरेको छ। अध्यक्षमा मानबहादुर चौधरी पन्ना, उपाध्यक्षमा लोक बहादुर चौधरी, सचिवमा अशोक चौधरी, कोषाध्यक्षमा अमर बहादुर चौधरी, सहसचिवमा नरेश चौधरी र सदस्यथारूमा सन्ध्या चौधरी, प्रतिमा चौधरी, रविना चौधरी, कलावती चौधरी रहेका छन्।
साधारण सभामा संस्थाले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको १,७१,९७७ (अक्षरेपि एक लाख एकहत्तर हजार) बराबरको आय व्यय प्रस्तुत गरेको छ। साधारण सभा कार्यक्रममा अध्यक्ष मानबहादुर चौधरीले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना पेस गरेका थिए भने प्रगति प्रतिवेदन सचिव जित बहादुर चौधरीले प्रस्तुतत गरेका थिए। प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ।
अध्यक्ष पन्नाले आगामी दिनमा संस्थालाई अझै सशक्त रुपमा बढाउन नयाँ रणनीतिका साथ अगाडि बढ्ने बताउँदै थारू भाषा, साहित्य, कला, संस्कृति, सभ्यता, मूल्य मान्यतालाई संरक्षण गर्न युवा पुस्ता, पुराना पुस्तालाई जोड्दै तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनासहित कार्यक्रम गर्ने र थारू समुदायमा सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने योजना बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाए।
कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारिणी सभा केन्द्रीय सदस्य कृष्णबहादुर थारूले सुर्खेत उपत्यकाका मूल आदिवासीको रूपमा चिनिने थारू जातिको लोक संस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारू उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै थारू समुदायमा राजनीति रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए।
सामाजिक, सांस्कृतिक चेतनामूलक कार्यक्रममा गाउँबाट उपस्थिति नहुनुले समाजमा परिवर्तन आउन नसकेको बताए। कर्णाली प्रदेशबाट नेपाल सरकार संस्कृति मन्त्रायलयबाट भाषा तथा साहित्य विधामा क्षेत्रीय प्रतिभा पुरस्कार २०८० बाट पुरस्कृत भएका सुर्खेतका थारू स्रष्टा लेखक मानबहादर चौधरीले सुर्खेती थारूको गौरब बढाएकोमा बधाई दिदै आगामी दिनमा अझै सशक्त रुपमा कलम चलोस् भन्ने शुभकामना दिए।
कार्यक्रममा थारू कल्याणकारिणी सभाका थारू कल्याणकारिणी सभाका पूर्व केन्दीय पार्षद टेक बहादर चौधरीले थारू समुदायमा संस्कृतिको अथाह भण्डार भएकोले पहिचान बचाउनुपर्ने र सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गरे। सुर्खेतमा रहेका सबै थारू संस्थाथारू एकठाउँमा उभिनुपर्नेमा जोड दिए।
लखगिन थारू उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारूले थारूथारू संस्कृतिका धनी हुँदाहुँदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारू समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक उपलब्धि भएको बताए।
कार्यक्रममा लखागिन थारू उत्थान मञ्चका सल्हाकार कालुराम दहितले थारू समुदायको अगुवाई गरी यस संस्थाले राम्रो उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्नेमा जोड दिए। पुराना थारू लोक गीत, मागर, सजना, मैना जस्ता भाकाका गीतथारूलाई जोगाउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा थारू अगुवा समाजसेवी विष्णु चौधरी, मानविर थारू, शेरबहादुर थारू लगायतका वक्ताथारूले थारूथारू आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्ने कुरा जोड दिएका थिए।
Facebook Comment