एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा ११ जना थारू, यी हुन् पदाधिकारीका आकांक्षी

नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटी बैठकले ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

पार्टीको विधानमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति हुने उल्लेख रहेपनि आकांक्षी धेरै भए पनि समाजवादीले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको हो। खतिवडाले केन्द्रीय सदस्यहरूको सपथ ग्रहणपछि बैठक बसेर छिट्टै पदाधिकारी चयन गर्ने जानकारी दिए। यसअघि महाधिवेशनले अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ सदस्यीय कमिटी घोषणा गरेको थियो।

केन्द्रीय कमिटिमा ११ जना नेता थारू समुदायका परेका छन्। जसमा नागेन्द्र चौधरी, बलदेव चौधरी, मेटमणि चौधरी, हनुमान चौधरी, अनार चौधरी, चुनकुमारी चौधरी, मनोज चौधरी, लक्ष्मीकुमारी चौधरी, विजयकुमार चौधरी, ससमति चौधरी र सुनिता चौधरी छन्। नागेन्द्र, बलदेव र मेटमणि पदाधिकारीका आकांक्षीसमेत हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *