अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी राज्य मन्त्री नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। चौधरीसँगै कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामा पनि राज्यमन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। अब मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय भन्दा ठूलो बनाउन पाइँदैन । संविधानअनुसार अब मन्तिपरिषद्ले पूर्णता पाएको छ।

मन्त्रिपरिषद‌्मा दलितलाई समावेश नगरिएको भन्दै आलोचना भएपछि अहिले राज्यमन्त्री थपेर समावेशी बनाउन खोजिएको छ। विकलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ। तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
यसअघि नागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *