एमालेका केन्द्रीय थारू नेताहरूलाई जिम्मेवारी तोकियो, नरुलाल, नारदमुनी र मञ्जु बने जिल्ला इञ्चार्ज

नेकपा एमालेका थारू नेताहरूको जिम्मेवारी हेरफेर भएको छ। बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा रहेका थारूको नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।

जसअनुसार पोलिटव्युरो सदस्य बैजनाथ चौधरीलाई इन्जिनियरिङ फाँटको इञ्चार्जको जिम्मेवरी दिइएको छ। त्यस्तै नारदमुनी रानालाई कैलालीको इन्चार्ज, मञ्जुकुमारी चौधरीलाई उदयपुरको इञ्चार्ज, नरुलाल चौधरीलाई दाङको इञ्चार्ज, शान्ता चौधरीलाई दाङको निर्वाचन क्षेत्र नं १ को इञ्चार्ज, कृपाराम रानालाई कञ्चपुर निर्वाचन क्षेत्र नं ३ को इञ्चार्ज, गौरीशंकर चौधरीलाई कैलालीको निर्वाचन क्षेत्र नं ३ को इञ्चार्ज, बलवीर प्रसाद चौधरीलाई बाराको क्षेत्र नं २ को इञ्चार्ज, भगवती चौधरीलाई सुनसरी निर्वाचन क्षेत्र नं ३ को इन्चार्ज र सरस्वती चौधरीलाई बारा निर्वाचन क्षेत्र नं ३(१)को इञ्चार्ज तोकिएको हो।

थारू बाहूल्य प्रदेश लुम्बिनी र सुदूरपश्चिमको इञ्चार्ज र अध्यक्ष पनि गैर थारू रहेका छन्। एमालेले लुम्बिनीमा पद्मा अर्याल र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोक्दा लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीलाई जिम्मेवारी तोकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *