गुरही पर्वको स्थान परिवर्तन, साउन २५ गते प्रज्ञा भवनमा मनाइने
काठमाडौंमा मनाइने गुरही पर्वको स्थान परिवर्तन भएको छ। यसअघि भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा कार्यक्रम आयोजना गर्ने निर्णय भए पनि मूल आयोजक समितिले स्थान परिवर्तन गरेको हो। साउन २५ गते रहेको गुरही पर्व अब कमलादीस्थित प्रज्ञा भवनको सिद्धिचरण हलमा आयोजना हुने मूल आयोजक समितिले जानकारी दिएको छ।
गुरही पर्वलाई भव्यरूपमा सम्पन्न गर्न चम्पा चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो। समितिमा विभिन्न संस्थाका २० जना सदस्य रहेका छन्। अन्जु चौधरीलाई सदस्य सचिव बनाइएको छ।
त्यस्तै विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ। जसमा किरण चौधरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा परिचालन समिति, सरला चौधरीको संयोजकत्वमा प्रचार प्रसार समिति, अग्रासन महिला समूहको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, न्यौछार समूहको संयोजकत्वमा गुरही/धुधरी समिति, चम्पन सांस्कृतिक समूहको संयोजकत्वमा सोंता निर्माण समिति, राष्ट्रिय थारू कलाकार मञ्चको संयोजकत्वमा सांस्कृतिक समिति, अर्णव चौधरीको संयोजकत्वमा स्वयंसेवक समिति र राजु चौधरीको संयोजकत्वमा झाँकी र्याली समिति रहेका छन्।
त्यस्तै ५ सदस्यीय सल्लाकार समिति पनि गठन गरिएको छ। समितिमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी र कुछतनरायण चौधरी रहेका छन्।
Facebook Comment