ठुम्रारको १००औं साहित्यिक श्रृंखला प्रज्ञामा हुने

ठुम्रार साहित्यिक बखेरीको १००औं साहित्यिक श्रृंखला नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाहलमा हुने भएको छ। साउन २६ गते अपरान्ह १ बजे १००औं साहित्यिक श्रृंखला आयोजना हुने श्रृंखलाका संयोजक एवं थारु लेखक संघका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले जानकारी दिए। उनका अनुसार प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो। त्यसका लागि डा. सर्वहारीले कवितासहित उपस्थित हुन आह्वान गरेका छन्।

१००औं साहित्यिक श्रृंखलालाई भव्य बनाउनका लागि डा. सर्वहारीको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ। त्यस्तै नन्दुराज चौधरीको संयोजनमा आर्थिक, शत्रुघन चौधरीको संयोजनमा प्रचारप्रसार, सिताराम चौधरीको संयोजनमा मञ्च व्यवस्थापनलगायट समिति बनाइएको छ।

यसअघि साहित्यकार मानबहादुर चौधरी पन्नाको प्रमुख आतिथ्यमा ठुम्रार साहित्यिक बखेरीके ९९औं साहित्यिक श्रृंखला गत असार २९ गते सम्पन्न भएको थियो। विसं २०६९ माघदेखि डा. सर्वहारीको नयाँ बजार, कीर्तिपुरस्थित डेराको छतबाट ठुम्रार साहित्यिक बखेरी सुरु भएको थियो। त्यसपछि त्रिवि परिसरस्थित बालकुमारी खाजा घर हुँदै कीर्तिपुर, पाँगास्थित बरघर रेस्टुरण्टमा हरेक महिलाको अन्तिम शनिबार साहित्यक शृंखला हुँदै आएको छ।

कोरोनाकालमा भने कार्यक्रम स्थगित गरिएको थियो। बखेरीमा वाचन गरिएका रचना ‘परगा’का रूपमा प्रकाशितसमेत भएको छ। त्यस्तै थारु भसा साहित्य केन्द्रले पनि हरेक महिनको पहिलो शनिबार कुपण्डोलस्थित नाइटिंगेल स्कुलमा यस्तै बसघरा नाम दिएर शृंखला आयोजना गर्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *