संविधान संशोधनको विरोधमा उत्रिए अमनलाल मोदी, प्रतिरोध गर्ने चेतावनी (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन्।

‘यो देशको संविधान त्यसै बनेको होइन। धेरै ठुलो संघर्ष, त्याग र बलिदानबाट यो संविधान बनेको हो’, उनले भने, ‘यस्तो संविधानलाई कुनै पार्टी या अमुक दलहरूले संशोधन गर्छ भने त्यसको प्रतिरोध हामीले गर्छौ।’

उनले जनताको इच्छा र चाहानालाई मार्न नपाइने भन्दै नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार सुशासन र विकास भन्दा पनि भ्रष्टाचारको ढाकछोप गर्न बनेको आरोप लगाए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *