काठमाडौंमा गुरही पर्व मनाइने, चम्पा चौधरीको संयोजकत्वमा बन्यो समिति

काठमाडौंबासी थारूहरूले गुरही पर्व मनाउने भएका छन्। साउन २५ गते रहेको गुरही पर्व मनाउन शनिबार मूल आयोजक समिति बनाइएको छ। चम्पा चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो।

समितिमा विभिन्न संस्थाका २० जना सदस्य रहेका छन्। अन्जु चौधरीलाई सदस्य सचिव बनाइएको छ। गुरही पर्वलाई भव्य र व्यस्थित बनाउन विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ।

जसमा किरण चौधरीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा परिचालन समिति, सरला चौधरीको संयोजकत्वमा प्रचार प्रसार समिति, अग्रासन महिला समूहको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, न्यौछार समूहको संयोजकत्वमा गुरही/धुधरी समिति, चम्पन सांस्कृतिक समूहको संयोजकत्वमा सोंता निर्माण समिति, राष्ट्रिय थारू कलाकार मञ्चको संयोजकत्वमा सांस्कृतिक समिति, अर्णव चौधरीको संयोजकत्वमा स्वयंसेवक समिति र राजु चौधरीको संयोजकत्वमा झाँकी र्‍याली समिति रहेका छन्।

त्यस्तै ५ सदस्यीय सल्लाकार समिति पनि गठन गरिएको छ। समितिमा शिवबहादुर चौधरी, मिनराज चौधरी, शत्रुघन चौधरी, नन्दुराज चौधरी र कुछतनरायण चौधरी रहेका छन्।

के हो गुरही (गुरिया) पर्व ?
गुरही (गुरीया) पर्व श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथि अर्थात नाग पञ्चमीको दिनमा मनाइने गरिन्छ, जुन पर्वले भाई र बहिनीबिचको प्रेम र अटूट सम्बन्धलाई स्मरण गराउँछ र अझ प्रगाढ बनाउन मद्दत गर्छ । भाई बहिनीबिचको माया प्रेमको प्रतिकको रुपमा मनाइने यो पर्वमा केटी÷महिलाले गुडिया (पुतला) अर्थात गुरिया फाल्ने गर्दछन् र केटा-पुरुषले सोंटा, कोर्रा, लट्ठीले पिट्छन् र दुबै पक्ष रमाउँछन् । अर्थात भाई, बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःखकष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहोर्याउने वाचा गर्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरुप्रति माया दर्शाउने पर्व हो ।यसमा थारुहरुले अप्रत्यक्ष रुपमा नागको पनि सम्झना र पूजा गर्ने गर्दछन् । यो पर्ब नेपालका थारुहरु मात्रै होइन, भारतको उत्तर प्रदेशका नागरिकहरुले पनि मनाउने गर्दछन् । त्यसैले भन्न सकिन्छ कि यो पर्ब भारतिय हिन्दूहरुको संसर्गबाट थारुहरुले प्राप्त गरेको पनि हुन सक्छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *