डा. गोपाल चौधरीको नेतृत्वमा हुँदैछ विमान दुर्घटनाका मृतकहरूको पोष्टमार्टम

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा उक्त विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ। शुक्रबारसम्म पोष्टमार्टम गरी परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ।

मृतकको शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल कुमार चौधरीले बताए। उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए। शिक्षण अस्पतालमा मृतकका परिवारहरू पुगेका छन्। उनीहरू अस्पताल परिसरमा भावविह्वल अवस्थामा छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *