नागरिक उन्मुक्तिमा फेरि लफडा, लुम्बिनीमा धर्मलाई हटाएर राजकुमार बने दलको नेता, मन्त्री पनि बन्ने

नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पनि विवाद सुरू भएको छ। संसदीय दलका नेता धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई दलको नेता बनाएपछि विवाद सुरू भएको छ। सोमबार बसेको बैठकले प्रमुख सचेतक र सचेतक पनि फेरबदल गरेको छ। बैठकले नरमाया ढकाललाई प्रमुख सचेतक र निर्मला देवी थारूलाई सचेतकमा चयन गरिएको छ।

त्यस्तै बैठकले राजकुमार चौधरीलाई लुम्बिनी प्रदेशको मन्त्रीमा पठाउने निर्णयसमेत गरेको छ। लुम्बिनी प्रदेशको उक्त बैठकप्रति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आपत्ति जनाएकी छन्। उनले सोमबार मध्यरातमा स्टाटस लेखेर पार्टी संरक्षक रेशम चौधरीले गराएको निर्णयप्रति आपत्ति जनाएकी हुन्।

‘नरमायाजी इन्डिया हुनुहुन्छ। निर्मलाजी र राजकुमारजी काठमाडौं हुनुहुन्छ। अनि दलको बैठक आजको मितिमा कहाँ र कहिले बस्यो? इन्डिया भएको माननीयज्युको हस्ताक्षर कहिले हुने हो? पार्टीमा यो खेल किन र के को लागि होला?,’ उनले प्रश्न गरेकी छन्। स्टाटस लेखेको केहीबेरमै रञ्जिताले डिलिट गरेकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *