लक्ष्मण किशोर चौधरी घरी यता घरी उता, सुदूरपश्चिममा फेरि फेरिए दलको नेता

नागरिक उन्मुक्ति पार्टी नाउपा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता फेरि फेरिएका छन्। असार २९ गते घनश्याम चौधरीलाई हटाउँदै खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको थियो। तर, उक्त निर्णयको एक साता नबित्दै पुन: बहुमतले घनश्याम चौधारीलाई दलको नेता चयन गरिएको छ।

प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले गुट फेर्दा एक सातामा निर्णय अदलबदल भएको हो। साउन २ गतेको बैठकले घनश्याम चौधरीलाई दलको नेता, लक्ष्मण किशोर चौधरीलाई प्रमुख सचेतक र इन्दिरा गिरीलाई सचेतक चयन गर्ने निर्णय गरेको छ।

सुदूरपश्चिममा नाउपा सात सांसद् छन्। घनश्याम चौधरीलाई दलको नेता बनाउने निर्णयमा घनश्याम चौधरी, लक्ष्मण किशोर चौधरीलाई रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छन्। कैलाश चौधरी, खुसीराम चौधरी र टीका थापाले उक्त निर्णयमा हस्ताक्षर गरेका छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *