पेट्रोलको मूल्य बढ्यो

पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको छ।

नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल/मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *