नागरिक उन्मुक्ति पार्टीमा फेरि उलटफेर, सुदूरपश्चिममा फेरिय संसदीय दलका नेता

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीमा फेरि उलटफेर भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनमा संसदीय दलको नेता हेरफेर भएको छ। घनश्याम चौधरीलाई दलको नेताबाट जिम्मेवारीमुक्त गराउँदै प्रमुख सचेतक खुसीराम चौधरीलाई दलको नेता चयन गरिएको छ।

त्यस्तै उपनेताको जिम्मेवारी कैलाश चौधरीलाई र प्रमुख सचेतकको जिम्मेवारी टीका थापालाई दिने निर्णय गरिएको हो। प्रमुख सचेतक चौधरीको अध्यक्षतामा बहुमत सांसदहरूको बैठकले यस्तो निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका ७ सांसद छन्। दलको नेता हेरफेरको निर्णयमा चार सांसदको हस्ताक्षर गरेका छन्। जसमा खुसीराम थारू, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी र टीका थापा रहेका छन्। लक्ष्मण किशोर रञ्जिता पक्षमा लागेपछि यसअघिको निर्णय उलटफेर भएको हो।

खुशीराम चौधरी, लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेको उक्त निर्णयमा घनश्याम चौधरी, इन्दिरा गिरी र रामेश्वर चौधरीको हस्ताक्षर छैन।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *