खेलकुद मन्त्रालयलाई उत्कृष्ट बनाउने तेजुलाल चौधरीको उद्घोष

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन्।

सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। उनले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री चौधरीले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताए।

केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताए। उनले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने बताए। उनले भने, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ। हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ। यहाँका युवाहरुलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौं। खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौं। हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ। खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौं।’

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *