एमालेमा मन्त्री बन्न भगवतीकै कसरत, साना दल अन्योलमा

नेकपा एमालेले पनि मन्त्री छान्न छलफल सुरू गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा मन्त्री छान्न तीव्र छलफल भइरहेको छ। मन्त्रीका लागि एमाले नेतृत्वको सरकारमा रहेर परिणाम निकाल्न सक्ने, विगतमा कम अवसर पाएको, भूगोल र समुदायको प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने आधारभूत मापदण्ड बनाएको छ।

एमालेले ८ मन्त्रालय पाउने भनिएको छ। जसमा दुई दर्जन बढी आकांक्षीहरू रहेका छन्। एमाले पनि तीन जना थारू सांसद छन्। जसमा प्रत्यक्षबाट जितेकी भगवती चौधरी र समानुपातिकबाट आएका आस्मा कुमारी चौधरी र शान्ति चौधरी छन्।

भगवती चौधरी यसअघि लगातार महिल तथा बालबालिका मन्त्री बनेकी थिइन्। यद्यपि उनी दुवैपटक छोटो समयका लागि मात्रै मन्त्री बनिन्। उनी अहिले पनि मन्त्रीका आकांक्षी रहेको एमाले नेताहरूले जानकारी दिएको छ। समानुपातिकतर्फका आस्मा र शान्तिको भने मन्त्री बन्ने सूचीमा नाम छैन।

त्यस्तै साना दलहरूलाई पनि सरकारमा समेटिने बताइएको छ। साना दल सबैले सरकारमा सहाभगी हुने प्रतिवद्धता गरे पनि प्रधानमन्त्री बन्न लागेका ओलीले कुन कुन दललाई सरकारमा सहभागी गराउने हो भन्ने विषय अझै स्पष्ट भएको छैन। नागरिक उन्मुक्तिलाई सरकारमा सहभागी गराएको अवस्थामा अरुण चौधरी मन्त्री बन्ने छन्। लोकतान्त्रिक समाजवादी पार्टीमा रामप्रकाश चौधरी सांसद रहे पनि उनी मन्त्री बन्ने सूचीमा छैनन्। महन्थ ठाकुर नेतृत्वको पार्टी पनि सकारमा सहभागी हुने सम्भावना छ। पार्टीभित्र अध्यक्ष महन्थ ठाकुरलाई मन्त्री छान्ने जिम्मा दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *