कांग्रेसको मापदण्ड तयार, मन्त्री बन्ने आकांक्षीमा तेजुलाल चौधरी, कल्पना र विनाको छैन चर्चा

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नयाँ बन्ने सरकारमा पठाउने मन्त्रीहरू छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री छनोटका लागि मापदण्ड बनाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले सञ्चारकर्मीलाई जानकारी दिए।

भौगोलिक, प्रादेशिक एवं समावेशी सन्तुलन, योग्यता र योगदानलाई आधार मानेर मन्त्री छनोटको मापदण्ड तय गरिने उजले बताए। कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा कांग्रेसले गृहकार्य गरिरहेको छ। प्रधानमन्त्रीको शपथग्रहणसँगै मन्त्रीले पनि शपथग्रहण गर्नेगरी तयारी भइरहेको कांग्रेसले जनाएको छ।

कांग्रेसमा थारू समुदायका तीन जना सांसद छन्। सप्तरीबाट प्रत्यक्षतर्फ जितेका तेजुलाल चौधरी, सुनसरीका कल्पना चौधरी र नवलपरासीका विना कुमारी थनेत कांग्रेसबाट प्रतिनिधित्व गर्ने थारू सांसद हुन्। यसअघि तेजुलाल खेलकुद मन्त्री बनेका थिए। कांग्रेस सरकारमा सहभागी हुँदा उनी सधैं आकांक्षी रहने गर्छन्। शेखर कोइराला निकट उनी यसपटक पनि मन्त्रीका आकांक्षी हुन्।

कल्पना विजय गच्छदारका बुहारी हुन्। मन्त्री बन्ने आकांक्षीमा कल्पना र विनाको नाम भने सुनिएको छैन। यसअघि देउवा नेतृत्वको सरकारमा उमाकान्त चौधरी खानेपामनी बनेका थिए। हालः उनी सांसद छैनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *