थारू को हुन् ? थारूको धर्म के हो?

भुलाई चौधरी

पृष्ठभूमि
थारू, भारतीय उत्तरीउपमहाद्वीपका तराईक्षेत्रका आदिवासी हुन् अर्थात् यो जाति यस भू-भागका अति प्राचीन जातिहरू मध्येका एक बहुसंख्यक, मिहिनेती, ईमान्दार सोझा तथा बीर जाति हुन् । थारू जाति अहिलेसम्म यस क्षेत्रमा जीवनका विभिन्न उत्तार चढाव झेल्दै आएका जाति हुन् । यो जाति यस उपमहाद्वीपमा विभिन्न समयमा राजपाट संचालन गर्दै आउनुको साथ – साथै यहाँ विभिन्न जानलेवा जनाबर तथा भू-पिचासहरूसंग बाँझ्दै पहाड पहरा, बाझो परती पराट तथा वन जंगललाई फडानी गर्दै, यसलाई खेती योग्य जमीनमा परिणत गर्दै यहाँ खेती-पाती गर्दै आफ्नो समाज र देशलाई भरण-पोषण गर्दै आएका जाति हुन् । यो जाति लाई इतिहासकारहरूले सभ्यताका अग्रदुत पनि भन्ने गरेका छन् ।

इतिहासमा उल्लेख भए अनुसार आर्यहरू अर्थात् आगन्तुक जाति समुदाय वा व्यापारिक समुदाय वा हिन्दू समुदाय यहाँ यो क्षेत्रमा आउनुभन्दा धेरै पहिलेदेखि यहाँ आदिवासी जनजातिहरू बस्दै आ-आफ्ना राज्य संचालन गर्दै आएका हुन् । यिनीहरूका आ-आफ्ना राज्य, मातृभाषा, धर्म र संस्कृति थियो । यस भारतीय उपमहाद्वीपमा आर्य, हिन्दू धर्म र हिन्दूको प्रवेश धेरैपछि भएको बुझिन्छ । यस क्षेत्रमा अहिलेका यी विभिन्न सम्प्रदायिक धर्म जस्तै हिन्दू धर्म, इस्लाम धर्म, बौद्ध धर्म, ईसाई धर्म, जैन धर्म, सिख धर्महरू अस्तित्वमा आउँनु अघि यहाँ सबै आदिबासी-जनजाति वा कलाहरूको प्रकृति प्रदत धर्म थियो । यसलाई हामी प्रकृति धर्म वा मानव धर्म वा अंग्रेजीमा उबनबल धर्म भनिन्छ । पृथ्वी धर्म रहित थिएन । प्रकृति आफैमा एउटा ठूलो गुरु हो । यो हरेक शिक्षार्थीका स्थायी परम गुरु पनि हुन् । यो प्रकृतिरुपी गुरु सबै गुरुका गुरु हुन् । हाम्रा पूर्वजहरू अघिदेखि नै यस गुरुबाट धर्मको कुरो सिक्दै आफ्नो देश र समाजमा धार्मिक व्यवहारहरू प्रतिपादन गर्दै समाजलाई मानव हितमा संचालन गर्दै आएका छन् जसलाई हामी प्रकृति धर्म भनेर बुझ्दछौ । प्रकृति धर्मको मौलिकता भनेको सुरक्षा, हित, भलाई, उपयोगिता वा आम्दानीलाई आधार मानेर बनेको धर्म हो । यसबाट कस्लाई मान गर्ने, कस्लाई तिरस्कार गर्ने स्वतः बुझिन्छ । यसैलाई आधार मानेर यस धर्म अन्तर्गत सूर्यलाई, पूज्ने, चन्द्रमालाई पूज्ने, नदी-नाला, बन जंगल, रुख-विरुवा, ढुंगा-पत्थर, हल-हतियार, खेतबारी र कामयाबी जन्तु – जनाबरलाई पूज्ने, आफुभन्दा ठूलोलाई मान गर्ने र सानालाई माया गर्ने जस्ता व्यवहारहरू चलन गरेका थिए जसले गर्दा मानिसको दैनिक जीवकोपार्जन र मान-मार्यादा सजिलैसंग सम्पन्न हुने गरेको थियो ।

धेरैपछि आएर यो कुरो “प्रकृति धर्म” लिखितरुपमा पहिलो पटक अमेरिकी धार्मिक अध्ययन विद्वान कैथरीन अल्बनीसले सन (१९९१) मा प्रयोगमा ल्याए भने वी. वियरले (१९९८) मा यो प्रकृति धर्म प्राकृतिक घटनाहरू र प्राकृतिक वस्तुहरूको प्रत्यक्ष अनुभवको माध्यमले देवी देउता र अलौकिक शक्तिका कुराहरू अगाडि बढाए ।

थारू को हुन् ?
थारूजाति नेपालको मंगोल मूलको मूल बासिन्दा हुन् । थारू जाति नेपालको तराईका जातिहरू मध्ये सबैभन्दा पुराना जाति हुन् । थारू आदिमकालदेखि नेपालमा बस्दै आएको जाति हो । जे. सी. नेस्फील्ड (१८८३) ले डिस्क्रिपशन अफ द म्यानर्स इण्डस्ट्रोज रिलिजन अफ द थारूज एण्ड बोक्सा ट्राइब्स अफ इन्डियामा उल्लेख गरिएअनुसार नेपालका भित्री तराईको उत्तरी भेगमा बस्ने थारू प्राचीन जनजाति हो । डा मजुम्दार (१९४२) को थारूको रगत परीक्षणको आधारमा थारू औलो निरोधक जाति हो, जुन गुण कुनै जातमा हुनका निम्ति उ जाति ‘समुदाय औलोग्रस्त क्षेत्रमा कम्तिमा तीन हजार वर्ष निवास गरेको हुनु पर्ने हो । यसबाट पनि साबित हुन्छ कि थारू पाँच हजार वर्षभन्दा बढी समयदेखि नेपालमा बसोबास गर्दै आएको जाति हो । डा. गुरुङ (२००३) का अनुसार पनि थारू तराईको सबै भन्दा प्राचीन र नेपालमै उत्पति भएको जाति हो । नेपालका इतिहास शिरोमणी डा. बाबुराम आचार्य (२०१०) ले “थारूको मूल घर कहाँ ? भन्ने कृतिमा थारू जाति राजपुतानाबाट आएका होइनन् तर यिनीहरू क्षत्रीय जातिका हुन् भनी लेखेका छन् । यिनीहरूको मूल घर हिमालय नै हो ।

थारू जाति नेपालको भूमिपुत्र पनि हो । यिनीहरूको आफ्नै रहन-सहन, साहित्य, संस्कार, संस्कृति, सामाजिक मान्यता, पूजापाठ, लबाई खवाई, कला, भेषभुषा भएकोले थारू जातिलाई आदिमवासी भनिन्छ अर्थात् आदिवासी जनजाति भनिन्छ । गौरी शंकर द्विवेदी (१९७०) मध्यदेशीय गणतन्त्र र नेपाली संघ” मा उल्लेख गर्नु भएकोछ कि थारूहरू शाक्यवंशीय क्षत्रीय हुन् । भगवान बुद्ध यसै वंशमा जन्मिनु भएको थियो । थारूहरू यसै वंशका अवशेष हुन्। त्यस्तै दधिराज सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठान (२०३४) मा उल्लेख गर्नु भएको छ, नेपालका आदिवासी थारू जाति आदि मानव मनुका सन्तति भित्र पर्ने सम्भवतः शाक्यवंशीय गौतम बुद्धका सन्तान मानिन्छ ।

पूर्णप्रसाद नेपाल “यात्री” सेती अञ्चल दिग्दर्शन, (२०३५) का अनुसार थारू जातिको वंश श्रृंखला आदिम जातिसंग जोरिएको छ । दाङ्ग, चितवन, सप्तरी, मोरङ स्थानहरूमा थारू जातिको राज्य थियो । रमान्द्र प्रसाद सिंहले आफ्नो पुस्तक ‘The Real Story of the Tharus” (२०४५) मा उल्लेख गर्न भएको छ कि थारूहरूको उद्गमस्थल नेपालको तराई हो र यिनीहरू शाक्य र कोलीय जातिका अवशेष हुन् । उहाँका भनाई अनुसार गौतम बुद्ध थारू जातिका थिए र कपिलवस्तुमा उहाँको जन्म भएको थियो । आदिमकालदेखि कपिलवस्तु थारूहरूको बाहुल्य रहदै आएको स्थान हो । उहाँ उल्लेख गर्न हुन्छ कि थारूहरू बौद्धिष्ट संस्कारमा हुर्केका हुन् जो पछि हिन्दूकरण हुन पुगे । थारूहरूले अहिलेसम्म पनि हिन्दू संस्कारलाई पूर्णरुपमा अंगाल्न सकेका छैनन् । यिनीहरूलाई हिन्दू गर्ने काममा शंकराचार्यहरूको ठूलो हात रहेको थियो । लिच्छवीहरूले मगधमा राज्य गर्दा र ब्रिजी गणतन्त्रको समयमा ब्रिजी अर्थात् ब्रजहरूले शाक्य र कोलीयहरू माथि आक्रमण गरेका थिए । फलस्वरुप, धेरै संख्यामा यस जातिका मानिसहरू मारिए । त्यसैले आजसम्म पनि थारूहरूले अन्य जातिलाई बजिया भने गर्दछ ।

नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार थारू जातिको कूल जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ । यो संख्या नेपालको कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ को ६.७५ प्रतिशत रहेको छ । थारू जाति नेपालको तराई र भित्री तराई (भित्री मधेस गरी २४ जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, काठमाणडौ उपत्यका, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा बसोबास गर्दछ । थारू जाति नेपालमा मात्रै नभई भारतको मधुबनी, पश्चिमी चम्पारन, गोरखपुर, खिरी, गोन्डा, बहराइच र नैनीताल जिल्लाहरूमा लगभग तीन लाखको संख्यामा बसोबास रहेको छ ।

कुनै पनि जातजातिको पहिचान, अस्तित्व र सांस्कृतिक विकासको लागि भाषाको विकास तथा संरक्षण हुनु आवश्यक रहेको छ । थारू भाषा थारू जाति बसोबास गर्ने जिल्लाहरूमा महत्वका साथ बोल्ने गरिन्छ । थारू भाषा नेपालमा बोलिने भाषाहरूमा प्राचीन भाषाको रुपमा मानिएको छ । नेपालको सरकारी जनगणना वि.स. २०१५ सालमा नै “थारू भाषा” को संज्ञा दिएको छ । उक्त प्रतिवेदन अनुसार थारू भाषिकको संख्या ३ लाख ५९ हजार ५९५ रहेको उल्लेख गरिएको थियो । वि.स.२०१५ सालदेखि वि. स. २०६८ सालसम्मको जनगणनामा थारू भाषा उल्लेख भएको छ । यो थारू मातृभाषा नेपालको भाषिक विवरण अनुसार ६.६ प्रतिशत मानिसको मातृभाषा रहेको छ । यो भाषा नेपालको चौथो ठूलो भाषा रहेको छ ।

थारूको धर्म
आज मैले यो आलेखमा थारू जाति कुन खेमामा अर्थात् कुन धर्ममा पर्दछ ? सो कुरा छानबिन गर्न खोजेको हुँ । यहाँ यो कुरो छानबिन गर्नको लागि मैले थारूको (क) व्युत्पति (उत्पति) र (ख) धर्मको नाउँमा थारूले गर्ने विभिन्न धर्मिक विधि व्यवहारहरूको अध्ययन विश्लेषन गर्ने जमकी गरेको छु ।

(क) व्युत्पति (उत्पति)
प्राचीन समयमा बनारसका राजा ओकाका र ओकामुखाका केही संतानहरू राजगद्दी सम्बन्धित केही कुरा लिएर बनारस छाडेर अन्तै बस्नको लागि उपयुक्त ठाउँ हरूको खोज तालास गर्दा गर्दै अन्तमा कपिलमूनिको आश्रममा आई पुग्नु भयो। मूनिसंग केही कुरोकानीपछि मूनि खुशी भए र सहर्ष उनीहरूलाई यहाँ बस्न र राजबिस्तार गर्न अनुमति दिए । यिनीहरू पनि मूनिबाट खुशी भई यहाँ सालको बनमा राज्य विस्तार गरि सुखिपूर्वक बस्न थाले र मूनिबाट खुशीभई विस्तार गरेको राज्यको नाम कपिलमूनिकै नाउँमा आफूहरूले यस ठाउँको नाम कपिलवस्तु राख्नु भयो । यसरी यस ठाउँको नाम कपिलवस्तु हुन गयो भने बनारसबाट यहाँ आएर सालको बनमा राज्य विस्तार गरेको ले यिनीहरूको वंश शाक्य हुन गएको हो। साल सबै काठहरू मध्ये कडा, बलियो र टिकाउँ काठ शाक्य पर्यायवाची जस्तै हो ।

यहाँ शाक्यहरू धेरै पुस्ता दर पुस्ता राज्य गरे । पछि यसै वंशका राजा सुद्बोधन शाक्यले यहाँ राज्य गरे । उहाँ धेरै धर्मात्मा, प्रजावत्सल र शक्तिशाली राजा हुनुहुन्थ्यो । उहाँकै सुपुत्र हुनुहुन्थ्यो राजकुमार सिद्धार्थ गौतम । उहाँ धेरै धर्मात्मा र हितैषी हुनुहुन्थ्यो । उहाँले मानवलाई दुःख, रोग र कष्टबाट मुक्त गर्न ६ वर्षसम्म कठोर मिहिनत गरेर यी समस्याहरूबाट मानवलाई मुक्त गर्न ज्ञानको बाटोको खोजी गर्नु भयो । जुन ज्ञान कालान्तरमा गएर पञ्चशीलको नामले प्रसिद्ध भयो । जुन यस प्रकारको छ: १) कुठो नबोल्नु, २) व्यभिचार नगर्नु, ३) हिंसा नगर्नु, ४) चोरी न गर्नु र ५) मादकपदार्थ सेवन न गर्नु । यस किसिमले उहाँले बुद्धत्व प्राप्त गर्नु भयो । जसले गर्दा पछि उहाँलाई सबैले बुद्ध भन थाले । उहाँले अहिलेको गया भने ठाउँमा ज्ञान प्राप्त गर्नु भएको थियो । यसैले सो गया भने ठाउँलाई अहिले पनि सबैले बौद्धगया भने गरिन्छ । बुद्धत्व भनेको सर्वोत्कृष्ट ज्ञान हो । ज्ञान प्राप्त गरिसकेपछि उहाँ अहिलेको भार तवर्षको बनारस (काशी) को सारनाथ भने स्थानबाट आफनो ज्ञान प्रचार-प्रसार गर्न थाल्नु भयो । उहाँको ज्ञानको खुब प्रचार-प्रसार भयो। कालान्तरमा आएर उहाँको यो ज्ञानले धर्मको रुप लियो जसलाई सबैले बौद्ध धर्मको नाउँ दिए । बौद्ध धर्मको खूब प्रचारपछि उहाँ कपिलवस्तु घर आउँदा चालिस हजार भिक्छुहरू साथ आउनुभएको थिए । उहाँलाई देखेर यहाँ सबै जनता धेरै खुसी र हर्षविभोर भए । प्रायः यहाँ पनि सबै जनताहरू बौद्ध धर्ममा सरासरी दिक्षित हुन थाले र भए पनि ।

पछि आएर बौद्ध धर्म दुई हाँगामा विभाजन भयो । स्थविर (थेरवादी) र महासांधिक थेरवादी तराई र दक्षिणतिर फैलियो भने महासांघिक पहाड अर्थात् उत्तरतिर फैलियो । दुवैमा के फरक देखियो भने समयानुसार महासांघिक हिन्दूहरूको देखासिकी आफूमा तन्त्रमंत्र, तरक-भरक र मूर्ति पूजन जस्ता कर्महरू समावेश गरे भने थेरवादीहरू सरल र सामान्य रुपमै बसेर बौद्ध धर्म मान्दै किसानी पेशा गर्न मन पराए । यस किसिमले बौद्ध धर्म चारैतिर खास गरेर दक्षिण र उत्तरतिर द्रुतर गतिमा फैलियो । सम्राट अशोकको समयमा पुरा भारत बौद्ध धर्ममय भयो । यस किसिमले भारतमा स्थविर बौद्धहरूको बोलवाला थियो । सम्राट अशोकको राज्यकाललाई भारतवर्षको सुनौलो युग भनिन्छ । उहाँलाई विशाल भारतको संस्थापक भनेर संसार चिनिन्छ । यस किसिमले सातौ सताब्दीसम्म बौद्ध धर्मको धेरै विकास भयो तर सातौ शताब्दीको अन्तसम्म आई पुग्दा हिन्दू धर्मको अवनति र बौद्ध धर्मको विकास दिनदुना रात चौगुना देखेर हिन्दू धर्म प्रवर्तकहरूमा बौद्ध धर्मप्रति धेरै आक्रोस उत्पन्न भयो । उनीहरू हिन्दू धर्म प्रवर्धनको लागि गलत बाटो अर्थात् मारकाटक (हिंसा) को बाटो अपनाउने निर्णय गरे र भित्र-भित्रै सो अनुसारको तयारी गरे र एकैपटक बृहत संख्यामा अहिंसावादी, सत्यवादी शान्तिवादी बौद्ध धर्मावलम्बीहरू माथि जाइलागे ।

अहिंसावादी बौद्ध धर्मावलम्बीहरूलाई धर्मले पनि हिंसा गर्न अनुमति नदिने, दोश्रो यिनीहरूले प्रतिकार गर्न समयनै पाएनन् । हिन्दू धर्म प्रवर्तकहरूको यो हिंसात्मक आक्रमण अहिंसावादी बौद्ध धर्मावलम्बीहरूलाई धेरै महगो पर्यो । यतिखेरै शाक्यवंशी वा गैर शाक्यवंशी थेरवादी स्थवीरहरू लाखौ लाखको संख्यामा बलिको बोका भए । बौद्ध धर्मावलम्बीहरूका प्रायः सबै जसो मठ-मन्दिर, गुम्बा र विहारहरू ध्वस्त भए । बौद्धका मूर्तिहरू प्रयाः सबै भताभुङ्ग निदोष बुद्धिष्टहरू प्रायः धेरैजसो मारिए र यो क्रम आठौ शताब्दीसम्म चलिरह्यो ।

यहाँ धर्मको कुरो रहेन । कुरो रहयो प्राण रक्षाको । गैर शाक्यवंशी थेरवादी बुद्धहरू सजिलैसंग आफ्नो धर्म परिवर्तन गरेर आ-आफ्ना ज्यान जोगाउन सफल भए भने शाक्यवंशी थेरवादी बौद्धहरू हत्पत धर्म परिवर्तन गर्न सकेन र अहिंसाबादी भएर युद्ध पनि गर्न सकेन र झुठो पनि बोल्न नसकेर यिनीहरूले त्यतिखेर ठूलो मूल्य चुकाउनु पर्‍यो । शाक्यवंशी थेरवादी बौद्धहरू मध्ये केहीले मृत्युवरण गर्न पर्यो त केही उत्तरतिर भागेर ज्यान जोगाउन सफल भए भने केही श्रीलंका, थाइल्याण्ड, वर्मा त केही लाओसतिर भागेर आ-आफ्ना ज्यान र धर्म बचाउन समर्थ भए । बाँकी शाक्य बंशी थेरवादी बौद्धहरू हिन्दूहरूको डरले यै ठाउँमा हत्तार-हतार धर्म परिवर्तन गरेर हिन्दू भए र आफूहरू स्थवीर धर्मको नभएर हामी थविर जात जातिका हौ भनी बाँच्न सफल भए । यो थारू जाति थविरकै रुपपरिवर्तन भएर बनेको रुप हो । अहिले यी थारू जाति अरु कोही न भएर पूर्वका शाक्यहरूका अवशेष हुन् । यो कुरो प्रसिद्ध इतिहासकार पाजीटरले पनि आफ्नो ग्रन्थ “हिस्टोरिकल ट्रेडिशन अफ इन्डिया मा उल्लेख गर्न भएको छ कि संसार मा यदि कोही जाति बुद्धका अवशेषका रुपमा छन् भने उ थारू हुन् । जनकलाल शर्मा (२०५८) का अनुसार थारू शब्दको व्युत्पतिका विषयमा भन्नुपदी पछि बौद्ध धर्म महासाग्ङिक र स्थविरवाद नामक दुई हाँगामा विभाजित भयो । यिनै दुई हाँगामध्ये एक हाँगा स्थविर सम्प्रदायतिर शाक्यवंशीहरूको झुकाव राखने शाक्यवंशको नाम नै स्थविरवादी वा छोटकरीमा स्थविर रहन गयो । जनजिब्रोको उच्चारणमा स्थविर पछि थविर भएर थारू हुन आयो जुन तथ्य थारू विद्वान रमान्नद प्रसाद सिंह र अहिलेका बहुसंख्यक थारू बुद्धिजीवीहरूले पनि स्वीकार गरेका छन् । यसरी थारू शब्दको नामाकरणलाई नै बौद्धिज्मसँग जोडिएको पाइन्छ ।

शाक्यबंशीय थेरवादी बुद्धहरू (थारूहरू) पनि ज्यानको रक्षा गर्न धर्म परिवर्तन गरेर देखावटी हिन्दू त बने तर कर्महरू कुनै विधिवत न सिकेर देखासिकीको भरमा मात्र सिमित रहयो । संस्थागत हिन्दु धर्मावलम्बीका कुनै पनि संघ-संस्थाले यिनीहरूलाई हिन्दु धर्ममा दिक्षित गरेन । हिन्दु धर्मका के के धार्मिक संस्कारहरू रहेछन्, कतिवटा रहेकाछन्, यी संस्कारहरू कहिले कसरी सम्पादन गरिन्छ ? यी कुराहरू न कसैले सिकाउन चाहे न थारूहरू सिक्न चाहे किनकि थारूहरूको त आफ्नो स्थविर धर्म अर्थात् बौद्ध धर्म त छदै थियो, केवल यिनीहरू डरले सो कुरा बाहिर ल्याउन सकेका थिएनन् । त्यसकारण हिन्दू धर्म बारे वा हिन्दु संस्कार बारे थारूहरूलाई केही थाहा भएन । सबै हिन्दु धर्म- कर्महरू देखासिकी नै रहयो। यिनीहरू केवल देखासिकीको भरमा हिन्दु रहे र रहेका छन्। हरेक हिन्दु कर्म बाहुन बौलाई बढि भन्दा बढि दान-दक्षिणा दिएर बाहुनहरूलाई धनी बनाउनेमा नै अहिलेसम्मका थारूको हिन्दु धर्म सिमित रहेको छ । हिन्दू कसरी बनिन्छ, हिन्दूका के-के कर्म हो, यी कर्महरू आफै कसरी सम्पन्न गरिन्छ ? त्यो केही थाहा छैन् । केही सिमित थारू हिन्दुहरूमा केही हिन्दू कर्महरू बाहुन बोलाई उनीहरूबाटनै सम्पन्न गरिने चलन रहिआएको छ। अर्कोतिर यी थेरवादी बौद्धहरू नक्कली हिन्दू बनेकाहरू हिन्दूहरूको डरले धेरै लामो समयदेखि बौद्धकर्म ओझलमा रहेकाले केही बौद्धकर्महरू गरिरहदा पनि सैधान्तिक तवरमा धेरै जसो बौद्धकर्महरू बिर्सिसकेका छन् र अहिले पनि केही बौद्ध कर्म गरिरहदा पनि त्यो पनि हिन्दु कर्मको नाममा सम्पादन गरिरहेका छन् । उनीहरूलाई थाहै छैन कि यो हिन्दु कर्म होइन यो बौद्ध कर्म हो । अहिले पूर्ववर्तीय शाक्यवंशीय थेरवादी बौद्धहरू (नक्कली हिन्दु) अर्थात् थारूहरू फेरि आफ्नै बौद्ध धर्ममा फर्किन खोजिरहेका छन् । उनीहरू आफ्नै पहिचान बनाउन खोजिरहेका छन् तर यिनीहरूलाई पनि बौद्ध धर्मको प्रर्याप्त कअजययप्लिन को अभावमा बौद्ध धर्म बारेमा पनि आवश्यक जानकारी छैन । अहिले केही थारूहरू बौद्ध धर्मको प्रवर्तनमा लागि परेका छन् तर त्यो अप्रर्याप्त मात्रामा छ । यसबाट केही हुनेवाला छैन् । थारूहरूको मौलिक धर्म पहिलेदेखिनै बौद्ध धर्म हुँदा-हुँदै पनि अहिले भन्ने हो भने थारू पूर्ण कर्मले न त हिन्दू हुन् न त बौद्ध या न त प्रकृति पूजक नै जसले जे पायो त्यही गरिरहेका छन् । धर्मको बृहत ज्ञान नभएर अन्धविश्वासको भरमा धर्म अनुरागी भएका छन् । कोही भन्छ, म प्रकृति पूजक हुँ, कोही भन्छ, म हिन्दू हुँ त कोही भन्छ, म बुद्धिष्ट हुँ । सहीमा म कुन धर्मको हुँ, मैले कुन कर्म गरिरहेको छु भने कुरो कसैलाई थाहा छैन ।

बरु कतिपय थारूहरूमा अहिले पनि गलत बुझाई के छ भने हाम्रा पुर्खा अर्थात् शाक्यहरूको र सो भन्दा अघिका पुर्खाहरूको धर्म बौद्ध धर्म अस्तित्वमा आउनु अघि हिन्दु धर्म थियो । यसको जवाफमा के भन्न सकिन्छ भने त्यतिखेर यी भारतीय उत्तरीउप महाद्वीपमा हिन्दु धर्म आफै राम्ररी अस्तित्वमा आईसकेको थिएन । सबै आदिवासी जनजातिहरूका आ-आफ्ना राज्य र कविलाहरू थियो । हिन्दु वर्णाश्रम थिएन । त्यसैले बुद्धलाई अहिलेसम्म इतिहासकारहरू मध्ये राजनीतिबस कोही क्षेत्रीय त कोही ब्रात्य क्षेत्रीय लेखिरहेका छन् । यो पनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि। बुद्धलाई नै नजर गर्ने हो भने एकातिर बुद्धको कुनै मूर्तिमा जनै देखिएको छैन् भने बुद्धले आफ्नै मामाकी छोरी बिहे गरेको थियो जो हिन्दू धर्ममा पाच्य व्यवहार हैन । थारूका पितामहको समयदेखिनै उहाँहरूका धर्म प्रकृति धर्म थियो जुन धर्मका धेरै जसो कर्महरू अहिले पनि थारू समुदाय अन्तर्गत व्यवहारमा छन् र अरु धर्मवलाहरूले पनि प्रकृति धर्मका धेरै जसो असल कर्महरू आ आफ्ना धर्म कर्ममा समावेस गरिसकेका छन् । खाँचो छ केवल त्यसलाई छानविन गर्नुमा। यो कुरो त्यसै जगजाहिर भईहाल्छ कि थारूको मौलिक धर्म बौद्ध धर्म थियो र अहिले पनि बौद्ध धर्म नै हो ।

(ख) अहिलेका थारूहरूका विभिन्न धार्मिक विविद्-व्यवहारहरू :
यो उपयुक्त विषय के सही हो, के गलत ? यसको परीक्षणको लागि मैले थारू समाजमा धर्मको नाममा अहिले के विधि-व्यवहारहरू भईराखेका छन् ? यसको जानकारीको लागि थारूको कुल देउता अर्थात् घरको देउता, घर बाहिरको देउता (देवथान वा डिहवार, राजा जी, सिराथान) र थारूले सम्पादन गर्ने पर्व-त्योहारहरूको अध्ययन अनुसंधानको आधार लिएको छु ।

हुनत मानिसहरूबाट यो पनि सुनिन्छ कि धर्म भनेको आस्था हो, आ-आफ्नो विश्वास हो । जसलाई जहाँ आस्था छ, विश्वास छ, उसको लागि उही उसको धर्म हो । तर एकै पटक आस्था र विश्वासमा मात्रै लाग्नु यो अन्धविश्वासतिर डोऱ्याउछ, जसको परिणाम गलत पनि हुन सक्छ । भन्न त सबै भन्दछन् कि मनसा, वाचा, कर्मना अर्थात् मनले बुझेर ग्रहन गर्ने, त्यस्को सही-सही वकालत गर्न सक्नु र त्यस अनुसारको कर्म गर्नु हो । अनि मात्रै त्यो चीज वा धर्म कसैले सहीरुपमा अंगालेको वा ग्रहन गरेको बुझिन्छ नत्र भने केन के ? यो चीज अंगालेको त हुन्छ तर कहिले काँही उसलाई शोभा दिँदैन बरु समाजमा कहिले काँही मानहानी पनि हुनसक्छ । त्यसैले त्यो अवस्थासम्मलाई साँच्चिकै ग्रहण गरेको वा अंगालेको हो बुझिँदैन ।

थारूहरूको धार्मिक अवस्था बुझ्दाखेरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको थारूमा कुलदेउताको हकमा के एकरुपता देखिन्छ भने सबैको छुट्टै देउता घर हुन्छ, घर भित्र उत्तर-पूर्व कुनामा पूर्वको भितामा कसै-कसैको घरमा शिव-पार्वती त कसै-कसैको घरमा काली देवता हुन्छ भने पूर्वमा कसै-कसैको घरमा पुखीको पनि पूजा गर्ने गरिन्छ र घर बाहिर हनुमान पूज्ने गरिन्छ तर पश्चिममा हनुमान पूज्ने चलन छैन् । पूर्वमा पुरुबको भितामा दियो अडाई राख्नसम्म माटोको एउटा अलि बाहिर निस्केको बढेको भाग हुन्छ यसलाई सिर भन्ने गरिन्छ । यो नै देउताको प्रतिकको रुपमा हुन्छ, जसमा कही कही बलेको दियो राखने गरिन्छ । यो सिर शुभ साइत हेरि सात पुर वा कसै-कसै को पाँच पुरको माटो ल्याएर बनेको हुन्छ । पुरको अर्थ के हो भने गाउँको नाउँको पुछारमा पुर जोरिएको गाउँ । जस्तै रायपुर, मोहनपुर, कल्यणपुर इत्यादि । सिरको ठीक मुनि भूईमा अलि अग्लो माटो ऊठेको भाग हुन्छ, जसलाई kll भने गरिन्छ । पूजापाठ वा देवधर्म गर्दाखेरि पहिले सिरसंगसंगै यो kll लाई पनि सफा सुघर र लिपपोत गर्ने गरिन्छ। अनि सिरमा दियो बालेको हुन्छ भने kll मा दुईवटा तुलसी पात राखेर त्यसमा एक-एक चिमटी अछता र अछतामा दुई-दुईवटा सुपारीको टुक्रा र एक-एकवटा पानको पात राखेर छेउंमा धुप वा अगरवती बालेर पूजा गर्ने गरिन्छ । पूजन कर्मको अन्तमा सबै सदस्यहरू ढोगी पूजनकर्तीले पूजामा जलढार गरेर पूजा विसर्जन गर्ने चलन छ ।

साधारण तवरले हेर्ने हो भने सिर देउताको प्रतिक हो बुझ्नुभन्दा दियो राख्ने स्टेन्डको प्रतिक हो जस्तो बुझिन्छ । सहीमा यो सिर र भुईमा अग्लो उठेको माटोको भाग बुद्ध चैत्यको प्रतिक हो वा हिन्दू संस्कार हो भने कुरो सही-सही बताउने जानकार व्यक्तिको कमी छ । बौद्ध मतकाले यो बौद्ध संस्कार हो भन्ने गरिन्छ भने हिन्दू मतवालाले हिन्दू संस्कार । तर बाल बच्चाको मुन्डन वा विवाहको समयमा देउतालाई खसी बोकाको बलि प्रदान गर्ने चलन छ चाहे देउता महादेव, पार्वती वा काली वा बुद्ध जो हुन् । तर अहिले धेरै जसो गाउँमा घरको मूल दे उता महादेव-पार्वती भएको परिवारमा चाहे मुन्डन होस् वा शादी विवाह बलि प्रथा रोकेर देउतालाई लडु, पान, सुपारी चढाउन थालेको छ । देउता कोठामा देउता राखने ठाउँमा कुनै देउताको फोटो वा मूर्ति राख्ने चलन छैन् । परापूर्वकालमा फोटो वा मूर्तिको अभाव वा कम खर्चिलो बनाउन यस्तो चलन चलेको हो कि ? सही कुरो कसैबाट थाहा भएन ।

पश्चिममा ठ्याक्कै पूर्व जस्तै चलन त छैन् तर पूर्व जस्तै देलता घरको उत्तर-पूर्व कुनामा नै देउताको पीढि हुन्छ जहाँ देउताको प्रतिकको रुपमा माटो, काठ र फलामबाट बनेका देउताहरू हुन्छन् । पश्चिममा पनि पुर्व जस्तै महादेव, पार्वती, काली देवताहरू नै हुन्छन् चाहे त्यो स्थानीय भाषानुसारका फरक नाउँ किन न होस् । पश्चिममा दे उतालाई कुखुराको बलि प्रदान गर्ने चलन छ । पूर्वमा देउतालाई कुखुराको बलि प्रदान गर्ने चलन छैन् । जन विश्वास छ कि मुस्लिम देवतालाई कुखुराको बलि प्रदान गर्ने गरिन्छ ।

पूर्वमा घरमुली आफै घर देउताको पूजा गर्ने चलन छ भने पश्चिममा मुख्य पुजा देशबन्ध्या गुरुवाबाट हुन्छ । मुख्य कुरो के हो भने कही पनि घर देउताको हकमा बाहुनहरू लगाउँदैन । अहिले पूर्वमा कोही कोही थारूहरू हिन्दूहरूको देखासिकी गरी घरमा सत्यनारायण पूजा लगाउने, भागवत लगाउने, तुलसी उद्यापन गर्ने, अस्टजाम गर्ने, कृष्णजीको मूर्ति बनाउने, दशैंमा देवी दुर्गा बनाउने र बाहुनवाट ती पूजाहरू सम्पन्न गर्ने गरिएको देखिदा पनि उसको मानसिक लगाउँ देखिदैन । थारूको जो जति आफ्ना मूल पर्व-त्योहारहरू छन् त्यो थारूले आफ्नै विद्-व्यवहार र चलन अनुसार आफैँ सम्मन्न गर्ने गरिएको छ । बाहुन लगाउदैन् चाहे उ पूर्वका थारू हुन् वा पश्चिमका हुन् । यदि एउटै पर्व-त्योहार जस्तै सिरुवा पर्व, जितिया, दशैं, समा-चकेवा, शुकराती, नेमान ईत्यादि थारूहरू र हिन्दूहरू दुबैले मनाइरहेका छन् भने पनि चाहे पूर्वका थारू हुन् वा पश्चिमका थारूहरूको पर्व त्यौहार सम्पादन गर्ने तौर- तरिका हिन्दूहरू भन्दा फरक हुन्छ ।

त्यस्तै, बहरिया देउताको हकमा गाउँ बाहिर खास गरेर गाउँको दक्षिण वा पुरवमा गाउँलेहरूको साझा डिहवार देवथान हुन्छ जहाँ अषाढ वा मंसिर महिनामा साझा पूजा लगाउने गरिन्छ । यो डिहवार थानमा पूर्वमा एउटा मुलघर हुन्छ जहाँ देउताको स्वरुप अलि उठेको माटोको पीढि जस्तो हुन्छ जसलाई लिपपोत गरेर पाँचवटा दियो बाल्ने गरिन्छ र दाहिने भागमा पनि माटोको ढिस्को हुन्छ जहाँ बती बालने गरिनेछ । त्यस्तै देब्रे भागमा दुई ठाउँमा सफा गरेर माटोको ढिस्को भएको ठाउँमा तुलसी पात, अक्षताले पूजा गरेर बती बाल्ने गरिन्छ । यी ठाउँहरूमा कुन-कुन देउतालाई पूज्ने गरिन्छ त्यो प्रायः कसैलाई थाहा छैन् । देखासिकी जस्तै हेर्दै आए अनुसार गर्दै गरे जस्तो बुझिन्छ। यो पूजा सम्पन्न गर्न बाहुन लगाइँदैन बरु रजहैन धामीबाट पूजा सम्पन्न गर्ने गरिन्छ । यहाँ पूजाको नाउँमा खिर, लडुले पूजा गरेर बोकाको बलि प्रदान गर्ने गरिन्छ । पश्चिममा पनि देवथानमा कुखुराको बलि दिनेगरिन्छ र पश्चिममा पनि देवथानमा गर्ने पूजा हिन्दूहरू भन्दा फरक किसिमको हुन्छ । भूपू महान्यायधिवक्ताको एक अध्ययन अनुसार चाहे घर देउता वा डिह बार थानका यी सबै ढिस्काहरू बौद्ध धर्मका प्रतीक हुन् भन्नु भएको छ । अचानक हिन्दुको हिंसात्मक आक्रमणले गर्दा यी संस्कारहरू विधिवत रुपले अरु पीडिमा स्थानान्तरण हुन न सकेर यो अवस्था आएको हुनसक्ने प्रबल संभावना देखिन्छ । खासमा जिउ ज्यानको डर र त्रासले गर्दा शाक्यवशी सबै थारूहरूले हतार-हतार हिन्दु धर्म अपनाएर हिन्दु देवी-देवताको स्थापना गरे ।

निष्कर्ष
धर्म मानिसको आ-आफ्नो आस्था र विश्वासको चीज हो । मानिसले आफ्नो ईच्छानुसार कुनै पनि धर्म मान्न सक्छ । यो जात र कर काप अनुसार ग्रहण गर्ने चीज होईन मात्रै यहाँ के भन्न सकिन्छ भने 1 जुन धर्म मान्दा, पनि उसको अर्थ, महात्तम र कार्य सम्पादन विधि राम्ररी बुझेर ग्रहण गर्दा फल प्राप्त पनि हुन्छ र भोलि हाँसोको पात्र हुनु पर्दैन र चाडो त्यस धर्मबाट विरक्त हुनु पर्दैन ।

थारूका पुर्खाीहरू जो पहिले-पहिले अहिलेका नेपाल तराई अर्थात् कपिलवस्तु आएर यहाँ राज्य विस्तार गरे उनीहरू हिन्दु मूलका थिएनन् । कारण शुरु शुरुमा उनीहरू बना रसबाट यहाँ कपिलवस्तु आउँदा संगै आएकी आफ्नै पाँच दिदी बहिनीहरू मध्ये चार दाजु-भाईहरूले चार दिदी बहिनीहरूसंग बिहेबारी गरि घरबसालेका थिए जुन हिन्दूधर्म संगत कुरो होईन । यिनीहरू आदिवासी जनजाति समूहका थिए । यिनीहरूको धर्म प्रकृति धर्म थियो । त्यतिखेर हिन्दुधर्म वर्णाश्रम थिएन । पछि हिन्दुहरू वहाँहरूलाई हिन्दू धर्ममा पार्न आफ्नो किसिमको वर्णाश्रममा विभाजन गर्दा कोही क्षेत्री त कोही ब्रात्य क्षत्री भनेका हुन् । यति मात्रै होईन कि धेरैपछि आएर पनि गौतम बुद्धले आफ्नो मामाकी छोरीसंग बिहे गरेका हुन् । अहिलेसम्म बुद्धको मूर्तीहरूमा कहीं पनि जनै देखिएको छैन् । हिन्दु धर्मका सोह संस्कार मध्ये थारूमा मात्र चार संस्कार – जन्म संस्कार, मुन्डन संस्कार, विवाह संस्कार र मृत्यु संस्कार देखिन्छन् । त्यो पनि आफै गर्ने गरिन्छ ।

हिन्दु आक्रमणकारीहरूबाट डराएका शाक्यहरू प्राणरक्षा को लागि हतार-हतार हिन्दु भए र जातमा स्थवीर शब्द कायम राख्दै नयाँ नाममा थारू भए । सहीमा व्युत्पति र व्यवहारको आधारले पनि थारूको धर्म बौद्ध धर्म नै हो । थारूहरू व्यवस्थित किसिमले हिन्दु धर्ममा परिवर्तित न भएकाले शब्दमा मात्र हिन्दु सिमित रहेको छ । अहिले केही थारूले हिन्दु धर्म भनेर लिखतमा लेखेपनि उनीहरूको पूजापाठ र मान्ने विधि हेदी हिन्दुसँग शतप्रतिशत मेलखाँदैन । बुद्धको पहिरन, लवाई खवाई मायादेवीको श्रीगारका सामानहरू थारू महिलाले लगाउने श्रीगारसँग मेल खाने हुनाले कतिपय इतिहासकारले बुद्धलाई थारूकै सन्तानका रुपमा चर्चा गर्दैआएका छन् । राजा सुद्धोधनले हलोजोती कृषि पेशा अपनाएको उदाहरणले पनि सुद्धोधन थारू नै थिए भन्नै धेरैको भनाइ छ । खेती थारूको मुख्य पेशा नै हो । यसबाट पनि यो कुरो पुष्टी हुन्छ कि सुद्धोधन थारू नै थिए । नेपालमा आदिवासी जनजातिको परिभाषानुसार यो समूह हिन्दू वर्णाश्रममा पर्दैन । त्यसकारण पनि थारू हिन्दू हुने कुरो हुँदैन । थारूमा अनिवार्यरुपले हुने मुन्डन र छौरझपी संस्कार हो जो बौद्ध धर्मको प्रतीक हो । अहिले थारूहरू यी सबै कुरो बुझेपछि आफ्नो पहिचान मुखी भएर बौद्ध धर्मतिर उन्मुख देखिन्छन् । यसरी यी सबै कुराहरू विचार गर्दा थारूको धर्म पहिला पनि बौद्ध धर्म थियो भने अहिले पनि यसका व्यवहारहरू विचार गर्दा थारूको धर्म बौद्ध धर्म नै हो भन्ने बुझिन्छ ।

सन्दर्भ सामग्री
१) अल्बनीज, कैथरीन १९९१ : अमेरिका में प्रकृति धर्मः अल्गोकियन भारतीयों से नए युग तक । शिकागो विश्वविद्यालय प्रेस, शिकागो ।
२) थारू, फनिश्याम २०६९ थारू लोकसंस्कृति र चाडवाड । नेपाल प्रज्ञा प्रतिष्ठान । काठमाडौ ।
३) दहित, गोपाल २०६२ थारू संस्कृतिको संक्षिप्त परिचय आदावासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान । ललितपुर ।
४) चौधरी, लक्की २०७०
५) चौधरी, नन्दलाल २०७४
६) चौधरी, पुरुषोत्तम २०७५
७) चौधरी, भुलाई, २०६१ :
८) चौधरी, भुलाई २०७४
९) चौधरी, महेश २०६९
संस्था, दाङ्ग ।
थारू देवथान धार्मिक महत्व । फुलरिया, थारू पत्रकार संघ, नेपाल ।
सम्राट अशोक । ईजोत मासिक पत्रिका | माघ, वर्ष २, अंक ७ । काठमाडौ ।
थारू जातिको मझियान वंशावली प्रकाशक: श्री शुभकरण चौधरी, ललितपुर । थारू संस्कृति, प्रकाशकः श्रीमती सरोजदेवी चौधरी । काठमाडौ ।
बुद्ध, थारू आ बुद्ध धरम । ईजोत मासिक पत्रिका | बैसाख, काठमाडौ
स्थवीरहरूको प्राचीन इतिहास र संस्कृति । प्रकाशक शान्ति चौधरी, ग्रामिण विकास
१० ) चौधरी, श्रवण कुमार २०७४ : थारू हिन्दू होइनन्, बुद्धका वंशज हुन् । ईजोत मासिक पत्रिका । भदौ, वर्ष २, अंक ६ ।
११ ) चौधरी, शिवशंकर २०७५ थारू बौद्ध संस्कार, समस्या र समाधान । ईजोत मासिक पत्रिका । बैसाख, वर्ष ३, अंक ८ ।
१२ ) सर्वहारी, कृष्णराज २०६९ थारू गुवी र मन्त्रज्ञान । थारू पत्रकार संघ, नेपाल लाईकाठमाडौ ।
13) Chaudhary, Dr. Sankar Lal: Simraungadha, Hidden Town & History of Tirhoot Tharus. Pub- lisher : Shila Chaudhary, Lalitpur.
14) Singh, Tharu, Ramanand Prasad 2045 B.S.: The Real Story of the Tharus. Published by Tharu Sanskriti, Krishnagalli, Pulchowk, Lalitpur Nepal
15) Google, Wickipadia, Dharm.

लेखक थारू सँस्कृतिविद् हुन्। नोट : यो आलेख थारू आयोगको स्मारिका-२०७९ मा प्रकाशित छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *