त्रिशुली बस दुर्घटना : पर्साका हृदयनारायण चौधरी श्रीमती र छोरासहित बेपत्ता

त्रिशुली बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका-२ जमुनियाका एकै परिवारका तीन जना परेका छन्। सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले वीरगन्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा जमुनियाका एकै परिवारका तीन जना परेको जानकारी दिए।

उनका अनुसार जमुनियाका हृदयनारायण चौधरी थारू, उनकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा बेपत्ता भएका हुन्। उनीहरू तीनै जनाको उपचारका लागि काठमाडौं हिँडेका थिए।

बिहीबार राति आठ बजे वीरगन्जबाट काठमाडौंका लागि छुटेको एञ्जल डिलक्सको बा.प्र ०३९००६ ख १५१६ नम्बरको बस सिमलटारमा पहिरोमा दुर्घटनामा परेको थियो। दुइटा बस नदीमा दुर्घटना हुँदा ६० जनाभन्दा बढी यात्रु बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *