ओलीलाई प्रधानबन्त्री बन्ने बाटो खुल्यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गरेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो।

यसअघि सत्तापक्ष र प्रतिपक्षबीच संविधानको धारा ७६(२) र ७६(३) लाई लिएर विवाद उत्पन्न भएको थियो। सत्तापक्षले ७६(२) विफल भएपछि स्वतः ७६(३) बमोजिम सरकार गठन हुनुपर्ने माग गर्दै आएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले समेत संवैधानिक व्यवस्थाअनुसार ७६(३) बमोजिम सरकार बन्नुपर्ने बताएका थिए।

सत्तापक्षले ७६(३) को माग गरे पनि कांग्रेस-एमाले नेताहरूले ७६(२) बमोजिम नै सरकार गठन हुने बताउँदै आएका थिए। सरकार गठनको आह्वानअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग छलफल गरेका थिए। राष्ट्रपति पौडेलले कानुनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली र सीताराम केसीसँग छलफल गरेका थिए।

उनीहरूले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनको आह्वान गर्न सकिने र त्यसका लागि कुनै कानुनी जटिलता नहुने सुझाव दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको थियो। सरकार गठनको आह्वानसँगै ओली नेतृत्वको सरकार गठनका लागि कांग्रेस-एमालेले दाबी पेश गर्ने भएको छ। आजमात्रै ओली नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र एमाले सांसदहरूको




Leave a Reply

Your email address will not be published. Required fields are marked *