प्रचण्डले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त भएका हुन्। बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए।

कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सात बुँदे सहमतिपछि अल्पमतमा परेका प्रचण्डले शुक्रबार संसदमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत भएसँगै संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। कांग्रेसको समर्थनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमति भएको छ। कांग्रेस-एमालेका नेताहरूले संविधानको धारा ७६(२) बमोजिम ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने दाबी गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *