बुद्धसेन चौधरी र मानबहादुर चौधरी प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

थारू समुदायका दुई स्रष्टा सम्मानित भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उडडययन मन्त्रालयले मधेस प्रदेशतर्फ बुद्धसेन चौधरी र कर्णाली प्रदेशतर्फ मानबहादुर चौधरीलाई प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो।

बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई मन्त्री हितबहादुर तामाङले पुरस्कार प्रदान गरेका थिए। उनीहरूले ५० हजार नगद र सम्मानपत्र पाएका हुन्। उनीहरूसँगै कोशीमा रामविक्रम थापा, बागमतीमा राजु महर्जन, गण्डकीमा भीमबहादुर रानाभाट, लुम्बिनीमा रिमा केसी र सुदूरपश्चिममा आरपी तिमिल्सिना सम्मानित भएका थिए।

उनीहरू भाषा एवं साहित्य विधातर्फ सम्मानित भएका हुन्। बुद्धसेन चौधरी पूर्वीया थारू भाषा र मानबहादुर चौधरी पश्चिम थारू भाषामा योगदान पुर्‍याउँदै आएका छन्।




One thought on “बुद्धसेन चौधरी र मानबहादुर चौधरी प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित

  1. समाचार सम्प्रेषणको लागि धन्यवाद, तर थारु भाषालाई पुर्विया र पश्चिमामा बिभाजन नगर्दा राम्रो हुन्थ्यो । हामी एउटै थारु मानक भाषा वनाउने अभियानमा छौ । यसमा सबैको सहयोग र साथ चाहिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *