जसपा नेपालमा गोविन्द चौधरीको दबदबा, रौतहटबाहेकका अटाएनन् थारूहरू

जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ। जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो। महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष यादवले आज २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन्।

बाँकी पदाधिकारी अब केन्द्रीय समितिको बैठक बसेर चाँडै टुंग्याउने तयारी छ। अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य चयन गरिएको छ। जसपामा अध्यक्षसहित सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ हुने व्यवस्था छ।

अध्यक्ष यादवले घोषणा गरेको केन्द्रीय समितिमा रौतहटका थारूहरूमात्र परेका छन्। समितिमा रौतहटका मात्रै ४ जना परेका हुन्। जसमा केन्द्रीय कार्यकारिणी समितिमा गोविन्द चौधरी छन्। उनी उपाध्यक्षका आकांक्षी पनि हुन्।
त्यस्तै सदस्यमा पूजा चौधरी, रमाश्रय चौधरी र सन्तलाल चौधरी समेटिएका छन्। उनीहरू सबै जना गोविन्द चौधरी निकट हुन्। राष्ट्रिय सभा सदस्यसमेत रहेकी पूजा चौधरी गोविन्दका आफ्नै छोरी हुन् भने सन्तलाल चौधरी गुजरा नगरपालिकाका मेयर हुन्। उनी जसपबाट निर्वाचित भएका हुन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *