नागरिक उन्मुक्तिले सरकारबाट लियो समर्थन फिर्ता, ओली नेतृत्वको सरकारमा सहभागी हुने

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए।

समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,’ अन्नपूर्णसँग उनले भने। यससँगै प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्तिका सांसदको विश्वासको मत पनि नपाउने भएका छन्।

नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो। पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने बताइसकेका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए।

बैठकमा तीन सांसदको मात्र सहभागिता थियो। रञ्जिता श्रेष्ठ बैठकमा सहभागी थिएनन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *