देउवालाई भेटेर रेशम चौधरी गरे राष्ट्रिय सरकारमा सहभागी हुने वाचा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बिहीबार शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बूढानिलकन्ठस्थित देउवा निवास पुगेर रेशमले राष्ट्रिय सहमतिको सरकारमा आफ्नो पार्टी सहभागी हुने प्रतिवद्धता जनाएका छन्।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेका बेला रेशमले देउवालाई भेटेर यस्तो वाचा गरेका हुन्। यद्यपि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले यस विषयमा केही बताएकी छैनन्।

नागरिक उन्मुक्ति पार्टीभित्र रेशम र रञ्जिताबीच विवाद छ। पार्टी अध्यक्ष र नेतृत्वको सबालमा उनीहरूबीच टसल हुँदै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *