नागरिक उन्मुक्तिले अरुण चौधरीलाई मन्त्री बनाउने

नागरिक उन्मुक्ति पार्टीले अरुण चौधरीलाई मन्त्री बनाउने भएको छ। आइतबार संसदीय दलको बैठकले अरुणलाई मन्त्री सिफारिस गर्ने औपचारिक सहमति गरेको छ।

मन्त्री बनाउने सहमति जनाएपछि अरुणले रञ्जितालाई दलको नेताबाट हटाउन राजी भएको स्रोतको भनाइ छ। यसअघि अरुण रञ्जिता पक्षमा खुल्दै आएका थिए। रञ्जिताले अरुणलाई मन्त्री बनाउने आश्वासन दिएकी थिइन्। तर, पछिल्लो समय रञ्जिता आफैं मन्त्री बन्ने घोषणा गरेपछि अरुण बिच्किएको स्रोतको भनाइ छ। उनले यस विषयमा रञ्जजितासँग जवाफ मागेपछि चित्तबुझ्दो जवाफ नआएको अरुण निकट नेताको भनाइ छ।

यससँगै केन्द्रमा अब रेशम चौधरी पक्षमा ३ सांसद भएका छन्। पार्टी अध्यक्षसमेत रहेका रञ्जिता संसदीय दलमा एक्लिएकी छन्।

आइतबारको बैठकले दलको नेताबाट रञ्जितालाई हटाएर ग‌ंगा चौधरी चयन गरिएको थियो। त्यस्तै प्रमुख सचेतक पदमा रहेका रेशमका बुबा लालवीर चौधरीलाई राख्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा रञ्जिताको हस्ताक्षर भने छैन।

दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *