छात्रवृत्ति आवेदक विद्यार्थीलाई टीएफएद्वारा धन्यवाद ज्ञापन

अमेरिकास्थित थारूहरूको छाता संगठन थारू एन्ड फ्रेन्ड्स एसोसियसन (टीएफए)ले छात्रवृत्तिका लागि आवेदन दिएका विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ। उनले आवेदन दिएर छात्रवृत्ति पाउनुपर्ने विद्यार्थीहरूको प्रयासलाई टीएफएले प्रशंसा गरेको छ। उनले छात्रवृत्तिका लागि उल्लासमय सहभागिता रहे पनि सबैलाई छात्रवृत्ति प्रदान गर्न नसकेकोप्रति दुःख व्यक्त गरेको छ।

टीएफएले छात्रवृत्तिका विषयमा केही प्रश्न वा गुनासा भए इमेलमार्फत् सम्पर्क गर्न आग्रह गरेको छ। टीएफएले आवेदक सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेको छ।

टीएफएले सन् २०२३-२०२४ सत्रका लागि २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको थियो। कूल ५ लाख ४८ हजार रूपैयाँको उक्त छात्रवृत्ति तीन श्रेणीअन्तर्गत प्रदान गरिएको हो। स्नातक पढ्ने ८ जनालाई जनही ३० हजारको छात्रवृत्ति, प्लस टु पढ्ने विद्यार्थीलाई जनही २० हजार रुपैयाँ र ३ जनालाई ३६ हजार रुपैयाँको नेम्ड छात्रवृत्ति प्रदान गर्ने निर्णय भएको टीएफएका अध्यक्ष सुरेन्द्र चौधरीले थारूवानसँग बताए। उनले छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई सिधै खातामै रकम जम्मा गर्ने व्यवस्था मिलाउने बताए।

छात्रवृत्ति पाउनेको सूची हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *