सांसद तेजुलाल चौधरीले जब संसदमै मागे मन्त्रीको राजीनामा (भिडियोसहित)

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। विनियोजन बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद चौधरीले सोमबार मन्त्री महासेठको राजीनामा मागेका हुन्।

उनले सप्तरीबाट तीनपटक सांसद जितेको व्यक्तिलाई बजेटमा विभेद् गरेको बताए। उनले बजेट विनियोजनमा मन्त्रीले बदमासी गरेको भन्दै तुरुन्त राजीनामा दिन माग गरे। सांसद चौधरीले सप्तरीमा यसअघि पारिएका योजना मन्त्री मन्त्रीले काटेको बताए। उनले तीन वटा पुलको बजेट काटेको आरोप लगाए।

‘मधेसमा ८ जिल्ला छन्। धनुषामात्रै जिल्ला छैन। धनुषाको पनि तपाइँको क्षेत्रमात्र छैन। मैले सप्तरीबाट तीन पटक सांसद जितेको छु। अनि आजको दिनसम्म एक लाखको कुरा छाड्नुस्। ५० पैसाको बजेट दिनुभएको छ? अनि मैले सप्तरीमा कसरी राजनीति गर्ने? यस्तो बदमासी गर्न पाइन्छ? तपाईँ र मेरो कुनै दुश्कमनी छ भनिदिनुस्। नभए संसदबाट तपाइँको राजीनामा माग गर्दछु। भलै तपाइँको बहुमत छ नदिनुहोला,’ सांसद चौधरीले भने। उनले बजेट वितरण प्रणालीकै कारण संघीयता संकट परेको बताए।

भिडियो हेर्नुस्:




Leave a Reply

Your email address will not be published. Required fields are marked *