भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, दाहाल भन्छन्- भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। दुई दिने भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले समकक्षी मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएको जानकारी दिए।

‘महामहिम नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको छ। उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने भन्नुभएको छ। जी-७ को बैठक इटालीमा छ। त्यता गएर नेपाल भ्रमणमा आउँछु भन्नुभएको छ,’ प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग भने।

उनले भारत भ्रमणले दुई देशबीचको आपसी सम्बन्ध र सद्भावन अभिवृद्धि गर्न उल्लेखनीय भूमिका खेल्ने बताए। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी समानता र लाभका आधारमा थप बलियो बनाउने काम भ्रमणले गरेको उनको भनाइ छ।

त्यस्तै भारतमा भएका विभिन्न छलफलले दुई देशबीच बनेका विभिन्न संयन्त्रलाई सक्रिया बनाउने र दुई देशबीचको मुद्दालाई सम्बोधन गर्दै लैजाने विश्वास प्रधानमन्त्रीले गरे।

उनले पञ्चेश्वरी र अरुण जलविद्युतको विषयमा पनि सकारत्मक छलफल भएको बताए। नेपाल र भारतबीचको सीमा र दक्षिण एसियाली मुलुक सार्कका विषयमा पनि महत्वपूर्ण छलफल भएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *