प्रधानमन्त्री दाहाल र एस जयशंकरबीच भेटवार्ता

छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतका नवनियुक्त संघीयमन्त्री एस जयशंकरले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त भएकामा जयशंकरलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गरे। उनले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे

त्यसैगरी मन्त्री जयशंकरले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएकोमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे। उनले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *