गोविन्द चौधरीले भने- हाम्रो पार्टी फुटाउने प्रधानमन्त्रीको मुटुमा ढुंगा हान्छौं

जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गोविन्द चौधरीले पार्टी फुटाउने प्रधानमन्त्री पुष्पकमल दाहालको मुटुमै ढुंगा हान्नुपर्ने बताएका छन्। सोमबार पार्टीको बैठकमा उनले प्रधानमन्त्री दाहालले संसदीय अभ्यास विपरीत सत्ता जोगाउन जसपा नेपाल फुटाएको आरोप लगाए।

‘सरकार प्रमुखले आफ्नो पद जोगाउन हाम्रो घरमा ढुंगा फाल्नुभयो। हामी संसदमा संख्याले कम भएका छौं। तर, मानसिकरूपमा कमजोर छनौं। हामी पनि तयारीका साथ उहाँहरूको घरमा होइन, मुटुमा ढुंगा हान्छौं,’ उनले भने। पहिचान र अधिकारको एजेन्डालाई स्थापित बनाउन सकड र सदनबाट संघर्ष गर्ने उनले बताए।

पार्टी अध्यक्ष उपेन्द्र यादवसँग पार्टी फुटको निर्मम समीक्षा गर्न जरुरी रहेको निवेदन गरे। ‘जब-जब हामी बलियो हुन्छौं अनि ठ्याक्कै पार्टी फुटिहाल्छ। यो क्रम निरन्तर किन दोहोन्छ? अध्यक्षज्यूले समीक्षा गर्नैपर्छ,’ उनले भने।




One thought on “गोविन्द चौधरीले भने- हाम्रो पार्टी फुटाउने प्रधानमन्त्रीको मुटुमा ढुंगा हान्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *