रेशम रन्जितालाई खुला पत्र
ठाकुरसिंह थारु
प्रिय नागरिक उन्मुक्तिका योद्धाहरू
नयाँ सत्ता गठबन्धनको सरकार गठनका क्रममा हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीका जन्मदाता रेशमलाल चौधरी र प्रतिनिधिसभा सदस्य तथा अध्यक्ष माननीय रन्जिता श्रेष्ठ चौधरीबीच सरकारमा सहभागि हुने वा नहुने कुरामा केही मतभेद देखियो।
सत्ता समीकरण लागि आवश्यक पर्ने सदस्य संख्याको जोडघटाउ चलिरहेका बेला निर्वाचन आयोगले गरेको अनपेक्षित निर्णयले सहयोद्धाहरुलाई थप चिन्तित र आक्रोसित बनायो। खासगरी निर्वाचन आयोगले पार्टी जन्मदाता रेशमलाई अध्यक्ष स्वीकार गर्ननसक्ने निर्णयले सबैलाई स्तब्ध बनायो। नयाँ गठबन्धनलाई सहयोग गर्ने रन्जिता श्रेष्ठको जोड र निर्वाचन आयोगको निर्णयले स्तब्ध बनेका रेशम कुनै पनि हालतम सत्तामा जानु हुँदैन भन्ने जिदका कारण पार्टीका सिंगो कार्यकर्ता तरगित बने। सबैको एउटै चिन्ता छ, पार्टीको अवस्था के हुने? पार्टी फुट्ने त होइन? पार्टी अध्यावधिक हुन नसकेर खारेज हुने त होइन?
सरकारमा सहभागी हुने नहुनेबारे पार्टी जन्मदाता रेशम र अध्यक्ष रन्जिताको आफ्नै जिकिर छन्। उहाँहरुले गरेको दुबैको तर्क आफ्नो ठाउँमा ठीकै होला। तर, समग्रमा पार्टी एक ढिक्का कसरी हुन्छ? सबै नेता कार्यकर्ताको मन कसरी जोडिन्छ? कार्यकर्तामा जोस कसरी बढ्छ। नेता कार्यकर्तामा उमंग र जोस कसरी बढ्छ? पार्टीमा कार्यकर्ताको अपनत्वबोध कसरी हुनसक्छ? पार्टी अध्यावधिक कसरी हुनसक्छ? यहाँनिर प्रश्न उठ्छ, जन्मदाता र अध्यक्षले उठाएको कदमले माथि उठाइएको मुद्दा पूरा हुन सक्ला? मुख्य प्रश्न यही नै हो।
पार्टीको जन्मदाता रेशम चौधरीको सजिलो तर्क छ, टीकापुरमा करिब १० हजार प्रतिनिधि सहभागी केन्द्रीय अधिवेशन हाम्रो पार्टीलाई अध्यावधिक र मलाई अध्यक्ष स्वीकार नगर्ने निर्वाचन आयोग किन यति धेरै अन्याय गर्यो? सत्ता समीकरणको नेतृत्व गरेको माओवादी अध्यक्ष पुष्पकमल दहालले किन सहयोग गरेनन्? नयाँ गठबन्धन भनेको साना दललाई समाप्त गर्नु हो? यो गठबन्धन धेरै दिन जाँदैन। यो आशयको वक्तब्य पार्टीका जन्मदाता रेशम चौधरीले फेसबुकवालामा लेखिसक्नु भएको छ।
अध्यक्ष रन्जिताजीको आफ्नो तर्क छ, प्रचण्ड नेतृत्वको सरकारले टिकापुरका राजबन्दीहरुको रिहाईका लागि ठूलो गुण लगाएको छ। त्यसैले प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्छ। विवाद यतिमै टुंगिदैन। अध्यक्ष रन्जिता श्रेष्ठले संस्थापक केन्द्रीय सदस्य २१ जनाको बैठक बोलाउनुभयो। स्वास्थ्य अवस्था बिग्रिएको र उपचारका लागि अस्पताल भर्ना भएकाले आउन नसक्ने जानकारीसंगै अनुपस्थित हुनुभयो। दुई तिहाई बहुमत १६ संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले सरकारमा सहभागि नहुने निर्णय गर्यो।
उक्त जानकारी संस्थापक ज्येष्ठ सस्य दमोदर पण्डितको हस्ताक्षरबाट बिज्ञप्ती आयो। लगत्तै अध्यक्षले विज्ञप्ति जारी सरकारमा सहभागी हुन ह्वीप जारी भयो। यहाँसम्म घटना क्रमम आइरहँदा मुलुकभरिका नेता-कार्यकर्ताहरू फेरि पनि चिन्तामा छन्। यो चिन्ता हटाउने जिम्मा अध्यक्ष र जन्मदाताको हो। यसका लागि दुबैले आफ्ना कमजोरी स्वीकार गरी सच्चिनु आवश्यक छ।
जन्मदाता र अध्यक्षले के बिर्सिनु हुन्न भने पार्टी स्थापनादेखि यहाँसम्म आईपुग्दा लाखौ कार्यकर्ता जोडिएका छन्। जागिर छोडेर सर्वस्व गुमाएर पार्टीमा लागेका छन्। यो पार्टीमा लाखौंको भविष्य जोडिएको छ। त्यतिमात्रै होईन सिंगो देशको भविष्य हाम्रो पार्टीसंग जोडिएको छ। भौगोलिक सांस्कृति पहिचान सहितको संघीयता र समुदायमा आधारित समाजवादको मुद्दामा बहस हुनै बाँकी छ। यति धेरै मुद्दा बोकेको पार्टीका जन्मदाता र पाइलटलाई नेता तथा कार्यकर्ताहरूलाई निराश बनाउने कुनै पनि हालतमा छुट छैन। हुन सक्दैन। त्यसैले दु२ई जना नेतृत्वकर्ताहरू मिल्नुको विकल्प छैन। एकल हठ्ठीपन छोड्नैपर्छ। जिद्दीले कसैको जित हुन सक्दैन। समर्ग पार्टीको लागि दुई जना आफ्ना हठ छोड्नै पर्ने छ।
पार्टीको जन्मदाता र अध्यक्षको योगदान पार्टीभित्र निकै ठूलो छ। यो वर्णन गर्नै परेन। हाम्रो उपस्थितीले पुष्टि गर्छ। इगो सबैभन्दा सबैको ठूलो सत्रु हो। इगो छोडौं। मिलौं। पार्टी एक बनाउ। के नभुलौ भने तपाई दुबैले गरिरहेको कार्यको मूल्याकंन समान्य कार्यकर्ताले पनि गरिरहेका छन्। सत्य कुरा के भने पार्टीका लागि जन्मदाता र अध्यक्ष दुबैको भूमिका आवश्यक छ। सबकुछ गर्नुस तर यति धेरै नगर्नुस कि जनताले तपाईँलाई आँगनमा उभिन नदिओस्।
हाम्रा पार्टीका नेता तथा कार्यकर्तालाई विश्वासका साथ भन्नु पर्छ, केही बिग्रिएको छैन। सञ्चार माध्यममा आएको जस्तो फुट हाम्रो पार्टीमा छैन। हामी लाखौं नेता तथा कार्यकर्ताहरूको भविष्य जोगाउन, देश र जनताको हितमा काम गर्न, हामीले बोकेको मुद्दालाई पूरा गर्न रेशम रन्जिता मिल्नुको विकल्प छैन। जय नागरिक।
सर्वस्व गुमाएर पार्टीमा लागेका कार्यकर्ता पढेर म कमेन्ट गर्न
बाध्य भएँ। विगतमा थरुहट आन्दोलनको बलमा स्थापना भएको
तत्कालिन “थरुहट तराई पार्टी नेपाल” का धेरै कार्यकर्ता उदाहरण
हुन् जो वर्तमान अवस्थामा थारु नेताहरुप्रति बिश्वाश गर्न सकिरहेका
छैनन्।