पोखरालाई हराउँदै आशिष चौधरी आबद्ध धनगढी एनएसएलको फाइनलमा

पोखरालाई‌ टाइब्रेकरमा ४-३ हराउँदै धनगढी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा‌ पुगेको छ। निर्धारित ९० र थप ३० मिनेटमा २-२ को बराबरीपछिको पेनाल्टीमामा धनगढीले बाजी मारेको हो। आशिष चौधरी आबद्ध धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो।

धनगढी एफसी दोस्रो संस्करणको एनएसएलको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ। लिग तालिकामा दोस्रो स्थानमा रहँदै धनगढीले क्वालिफायरमा पुगेको थियो। पोखरा थन्डर्स शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो।

२-१ ले पछि परेको खेलको थप समयको अन्तिम मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढी खेलमा फर्किएको थियो। पोखराका लागि आयुष घलान र स्टेफन अन्नोरले समान एक गोल गरे । धनगढीका लागि भने कप्तान देवेन्द्र तामाङ र हिजाजीले समान एक गोल गरेका थि ।

धनगढीले अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि खेल्ने छ। पोखराले भने फाइनल प्रवेश गर्ने थप एक अवसर पाउने छ। पोखराले तेस्रो र चौथो भएका काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी बीचको विजेता विरुद्ध फाइनल प्रवेशका लागि क्वालिफायर २ खेल्नेछ।

काठमाडौं र ललितपुर बीचको खेल मंगलबार हुनेछ। क्वालिफायर २ बिहीबार हुने छ।

निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल पेनाल्टी सूटआउटमा गएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *