थाकसले असोज २४ गते वार्षिक साधारणसभा र २५ गते थारू सांसदहरूसँग अन्तर्क्रिया गर्ने
थारू कल्याणकारिणी सभा (थाकस)ले महाधिवेशनको तयारी स्वरुप वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा भएको केन्द्रीय कमिटीको बैठकले असोज २५ गते काठमाडौंमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो।
संस्था नवीकरण, आर्थिक प्रतिवदेनलगायतका कामहरू बाँकी रहेको भन्दै पहिले वार्षिक साधारणण सभा गर्ने निर्णय भएको महामन्त्री प्रेमीलाल चौधरीले बताए। ‘थाकसको वार्षिक साधारणसभा पनि भएको छैन। प्रक्रियागतरूपमा पहिले वार्षिक साधारणसभा भएपछि मात्रै महाधिवेशनमा जाने हो,’ उनले भने। महाधिवेशनबारे अनौपचारिक छलफल सुरू भए पनि मिति तय नभएको उनको भनाइ छ।
त्यस्तै असोज २५ गते संघ र प्रदेशका थारू सांसदहरूसँग थाकसले अन्तर्क्रियासमेत गर्ने निर्णय गेरको छ। थारूहरूको माग मुद्दाका सवालमा संघ र प्रदेशका सांसदहरूसँग अन्तर्क्रिया गरिने महामन्त्री चौधरीले बताए। हालः संघमा १४ जना र प्रदेशमा ३० जना थारू सांसदहरू छन्। जसमा कोसी प्रदेशमा ३ जना, मधेस प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना थारू सांसद छन्। बागमती, गण्डकी र कर्णालीमा थारू सांसद् छैनन्।
त्यस्तै असोज १५ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशनसमेत जारी भएको उनको भनाइ छ। थाकसका अधिकांश जिल्ला शाखाहरूको अधिवेशन हुन सकेको छैन।
Facebook Comment