दाङदेखि बर्दियासम्म थारू सांस्कृतिक सम्पदा सर्किट बन्ने
लुम्बिनी प्रदेशले थारू सांस्कृतिक सम्पदा सर्किट बनाउने भएको छ। दाङ, बाँके र बर्दियालाई जोड्नेगरी उक्त सर्किटको निर्माण गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ।
‘लुम्बिनी क्षेत्र, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने गरी गोल्डेन ट्रयाङ्गल सर्किट, दाङ, बाँके र बर्दियालाई जोड्ने गरी थारू सांस्कृतिक सम्पदा सर्किट, रुकुम पूर्व, पाल्पा र रोल्पालाई जोड्ने गरी मगर सांस्कृतिक सम्पदा सर्किट कपिलवस्तु, नवलपरासी (ब.सु.प.) र रुपन्देहीलाई जोड्ने गरी अवधि सांस्कृति सम्पदा सर्किट र प्यूठान, अर्घाखाँची र गुल्मीलाई जोड्ने गरी खस आर्य सम्पदा सर्किटको रूपमा विकास गरिनेछ। १२ वटै जिल्लामा खस/आर्य, थारु, मगर, मुस्लिम, अवधीको संस्कृतिक ग्राम कार्यलाई निरन्तरता दिइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारले थारू समुदायको खाना र थारू भाषाको पाठ्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। लुम्बिनी प्रदेशमा रहेका विभिन्न जातिहरूको रैथाने खानालाई प्रवर्द्धन गर्ने र विभिन्न भाषीहरूलाई स्थानीय तहसँग समन्वय गरेर पाठ्यक्रम विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
Facebook Comment