थारूलाई मात्रै लाग्ने सिकलसेल रोकथामका लागि मन्त्री अमनलाल मोदीले मागे अन्तर्राष्ट्रिय सहयोग

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकलसेल एनिमिया रोकथामका लागि अन्तर्राष्‍ट्रिय सहयोग मागेका छन्। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा सम्बोधन गर्दै मन्त्री मोदीले थारु समुदायमा भयावह रुपमा फैलिएको सिकलसेल एनिमिया रोकथाम र अनुसन्‍धान लागि अन्तर्राष्ट्रिय सहयोग मागेका हुन्।

मन्त्री मोदीले भने, ‘यो रोगको रोकथामका लागि नेपाल सरकारले निभाउनुपर्ने दायित्व निभाइरहेको छ। भविष्यमा यसको थप अनुसन्धनका सन्दर्भमा अन्तर्राष्ट्रिय साथ र सहयोग आवश्यक रहन्छ ।’

उनले सिकलसेल एनिमियाको विषय आफू थारु समुदायकै भएका कारणले पनि अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनु आफ्नो दायित्व भएको बताए।

फरक प्रसंगमा मन्त्री मोदीले लामो संघर्षपछि २०७२ सालमा नेपालले प्रगतीशील संविधान पाएको बताउँदै मन्त्री मोदीले संविधानमा समावेशी र समानुपातिकताको व्यवस्था भएको समेत उल्लेख गरे । आफू सम्बद्ध पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै आदिवासी जनजाति र सीमान्तकृत समुदायको अधिकारको पक्षधरता भएको बताउँदै उनले भने,’प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार सुशासन कायम गर्न र आदिवासी जनजातिहरूको हक अधिकार थप सुनिश्चित गर्न पूर्ण रुपमा प्रतिबद्ध छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *