प्रतिलिटर १० रुपैयाँसम्म घट्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ। सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो। घटेको मूल्य सोमबार राति १२ बजेपछि लागू हुनेछ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए। नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ पर्ने । डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ पर्नेछ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो। नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो । आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो।
Facebook Comment